भारतले अन्तरीक्षमा उच्च उडान भर्दै चन्द्रयान–३ छोडेको छ । यो चन्द्रयानले आउदो अगष्ट २३–२४ सम्ममा चन्द्रमामा अबतरण गर्न सक्छ । यदि भारतको यो अभियान सफल भयो भने अन्तरीक्षको क्षेत्रमा यो लामो छलाङ्ग सिद्ध हुने बताइदैछ ।
अन्तरीक्षा अनुसन्धान केन्द्र इशरोले गएको शुक्रबार अर्थात १४ जुलाई शुक्रबारका दिन श्रीहरिकोटा स्थित सतीस धवन स्पेस सेण्टरबाट चन्द्र यान– ३ लाई रवाना गरिदिएको छ र त्यो आगामी २३–२४ अगष्ट २०२३ सम्ममा चन्द्र सतहमा अबतरण हुने प्रतिक्षा भारतमा गरिदैछ ।
यसभन्दा अघिको भारतको चन्द्र अन्तरीक्ष अभियान – हरेक चरण सफलताकासाथ पार गरे पनि अन्त्यमा त्यो असफल हुन पुगेको थियो । त्यो सफ्ट ल्याण्डिङ्ग हुनुको साटा तीब्र गतिमा गएर चन्द्रमको सतहमा टकराएर क्षतिग्रस्त भएको यिो । तर पनि त्यो असफलताबाट सिक्दै भारतले तेश्रो चन्द्रयान छोडेको छ । यद्यपि त्यसको लागि भारतलाई चार बर्षको प्रतिक्षा गर्नु परेको थियो । भारतको यो चन्द्र मिशन सफल भयो भने बिश्वका तीन देश अमेरिका, रुस र चीन सरह ती देशहरुको अन्तरीक्ष क्बलमा प्रवेश गरेर सम्मानित हुन पाउने र अन्तरीक्षका थप अभियानहरु सञ्चालन गर्न पाउने छ ।

भारतले सूर्यको अध्ययनका लागि यसै बर्ष ‘आदित्य’ यान छोड्ने तयारी गर्दै रहेको छ । अनि पृथ्वीको बातावरण तथाा त्यसको सतहको अध्ययनका लागि अमेरिकासँग मिलेर एउटा संयुक्त मिशन २०२४ सञ्चालन गर्ने पनि निर्धारित कार्यक्रम छ । यसका अतिरिक्त अन्तरीक्षमाा भारतको पहिला मानब मिशन गगनयान २०२५ मा छोड्ने पनि लक्ष छ । गएको जून माा अमेरिकाको अगुवाईमा संयुक्त चन्द्र अभियानसँग सम्वन्धित आर्टेमिस सम्झौतमा पनि हस्ताक्षर गरिसकेको छ । यसले भारतलाई अमेरिकी अन्तरीक्ष प्रबिधिमा महारत हासिल हुन सक्ने र अन्य देशहरु खाशगरी फ्रान्स, जापान र अष्ट्रेलियासँग यस क्षेत्रको निकट सम्वन्धको अवसर प्राप्त हुने पनि बताइएको छ ।
चन्द्रयान – २ शुरु गर्दा भारतसँग स्पेश क्षेत्रमा मात्र १० स्टार्टअप कम्पनीहरु थिए । अहिले त्यसको संख्या बढेर १४० पुगिसकेको बताइन्छ । इसरोले निकै सुविचारित किसिमलले स्पेश क्षेत्रमा निजी कम्पनीहरुका लागि पनि स्थान दिएको र त्यसको फाइदा ऊर्जा स्पेश साइन्ससँग जोडिएको कोर एरियामा केन्द्रित गर्न सक्ने उल्लेख गरिएको छ । अहिलेको मिशन सफल भएमा भारत स्पेश यात्रामा अझ नयाँ नयाँ क्षेत्रमा अघि बढ्न बाटो खुल्ने बताइएको छ ।