आज २४ अगस्ट २०२१, ६७ बर्ष पहिला आजकै दिन स्वतन्त्र बिश्वको उन्नत र सभ्य प्रजातान्त्रिक देश भनिने गरेको अमेरिकाले कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीकम्युनिष्ट कण्ट्रोल कानुन बनाएर त्यतिबेलाका अमेरिकी राष्ट्रपति आइजन आवरले लागु गरेका थिए १९५४ मा । त्याे प्रतिबन्ध लगाउने कानुनमा यसाे भनिएकाे थियाे :
'The Communist Control Act of 1954 (68 Stat. 775, 50 U.S.C. 841-844) is an American law signed by President Dwight Eisenhower on 24 August 1954 that outlaws the Communist Party of the United States and criminalizes membership in or support for the party or "Communist-action" organizations and defines evidence to be considered by a jury in determining participation in the activities, planning, actions, objectives, or purposes of such organizations'.
त्यसैदिनदेखि अमेरिकामा कम्युनिष्ट पार्टी प्रतिबन्धित भएको थियो भने कम्युनिष्टको समर्थक, शुभचिन्तक र सदस्य हुनु पनि अपराध घोषित गरिएको थियो । कम्युनिष्ट सदस्य बनेको पाइएमा पाँच बर्षसम्म कैद र १० हजार अमेरिकी डलर जरीमाना या दुबै दण्डसजाय हुन्थ्यो । त्यो कानुन पारित हुँदा अमेरिकी सिनेटको प्रतिपक्षले समेत जोडदार रुपमा समर्थन गरेको थियो । अमेरिकी सर्बोच्च अदालतले पनि त्यो कानुनलाई असंबैधानिक भनेको थिएन । यी सबै कम्युनिष्ट बिरोधी गतिबिधिका हुँदा हुदै पनि अमेरिकी कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन अहिले पनि यद्यपि अबैधानिकरुपमा कायम रहेकै छ ।
शायद अगष्ट महिलना अमेरकाका लागि अरूचीकर र अप्ठेराे लाग्ने महिना हाे कि ? अगष्ट ६ र ९ मै उसले जापानमाथि आणबिक बम खसालेर करीब पाैने दुइ लाख निर्दाेष मानिसकाे इहलिला समाप्त पारिदिएकाे थयाे भने जापानका हिराेशिमा र नागाशाकी शहरहरूमा बम खसालिदा ती दुबै शहर खरानीमा परिणत भएका थिए ।
अहिल अरू देशका कम्युनिष्ट संगठनमा रहेका मानिसहरूले अमेरिकी भीसा या प्रबेशपत्र पाउँदैनन् । कसैले मागे भने कम्युनिष्ट संगठनबाट च्यूत भइसकेकाे प्रमाणपत्र पेश गरेपछि मात्र तिनले प्रबेश पाउने सम्भावना हुन्छ । खाशगरी चीन र भियतनामका मानिसहरूले अमेरिका यात्रा गर्न खाेजेमा अमेिरकाले कडा निगरानी राख्नका लागि यस्ताे कडा नियम बनाएकाे भन्ने गरिएकाे छ ।