शनिबार, आश्विन १७ गते २०८३

आगामी २०५० सम्ममा मधुमेहका राेगीहरु १ अर्ब ३० कराेड नाघ्ने अबस्थाा


आषाढ १२, २०८० मंगलबार
आगामी २०५० सम्ममा मधुमेहका राेगीहरु १ अर्ब  ३० कराेड  नाघ्ने अबस्थाा
डायबिटिज अर्थात मधुमेह  रोग राम्रोसँग रोकथाम गर्ने उपाहरुको अबलम्बन नगर आगामी ३० बर्षमा यो बिमारी संसरीभरीअझ ब्यापकरुपमा फैलिने अनुसन्धानकर्ताहरुले औंल्याएकाछन् ।
एउटा नयाँ अनुसन्धानक अनुसार डायबिटीजका रोगीहरुको संख्या बढेर बिश्वमा आउँदो तीन दशकमा अत्यन्तै धेरै हुनसक्ने छ । यस सम्वन्धि पछिल्लो अध्ययन बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेशनको सहयोगमा पूरा गरिएको हो र यसको परिणाम बिश्व प्रसिद्ध मेडिकल जर्नल द लासेण्टमा प्रकाशित भएको हो ।
इस खोज अध्ययनका अनुसार आगामी २०५० सम्ममा बिश्व भरीमा डायबिटीज रोगीहरुको संख्या झण्डै झण्डै दोब्बर बढेर १.३ अर्ब हुन सक्तछ। 
बर्तमान अबस्थामा संसारभरीको कुरा गर्दा झण्डैझण्डै ५२ करोड मानिसहरु यो मधुमेह रोगको शिकार बनिसकेका छन् । ती मध्येमा ९६ प्रतिशत टाइप २ रोगी रहेका बिज्ञहरुले बताएका छन् । यसका अतिरिक्त मधुमेहका रोगीहरुको शारिरीक बिकलांगत र मानब मृत्यु दरका दश प्रमुख कारणमध्येमा एउटा प्रमुख कारण हो ।
अनुसन्धानकर्ताहरुले भनेका पनि छन् कि बिश्वभरी मधुमेह अर्थात डायबिटीज रोगको प्रसार भने एक समान रहेको छैन । भबिष्यमा बिश्वका केही देश र क्षेत्र यसबाट अझ बढी प्रभाावित हुन सक्तछन् । के सम्भावना दर्शाइदैछ भने उत्तरी अफ्रिका र मध्यपूर्बमा यो बिमारीको बढ्दो ब्यापकताको दर १६.८ प्रतिशत हुनेछ जबकि ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रमा पनि यसको दर ११.८ प्रतिशत रहने बताइएको छ ।
यस किसिमले २०५० सम्ममाा बिश्वभरीमा मधुमेहका रोगीहरुको संख्यामा  बृद्धिको दर ९.८ प्रतिशतसम्म पुग्न सक्ने सम्भावना रहेको बताइएको छ । यस बिमारीको बर्तमाान बार्षिक प्रसा ७.१ रहेको दर्शाइएको छ ।
अनुसन्धानमा के पनि  बताइएको छभने आउने ३० बर्षमा उमेरसँग जोडिएको मधुमेहको दरमा कुनै कमी आउने स्थिति देखिदैन ।
यस सम्बन्धि शोधपत्रका लेखक लियाने ओंगले प्रष्ट भनेका पनि छन् ः ‘मधुमेह बिमारी तीब्र गतिमा बृद्धिले केवल चिन्ताजनक मात्रै होइन यो त हरेक स्वास्थ्य प्रणालीका लागि एउटा ठूलो चूनौति पनि हो । यसले मुटु र हृदयाघत जस्ता बिमाारीहरुमा पनि  बृद्धि हुनेछ’। 
अहिले मोटोपन बढ्नका कारण मधुमेहका रोगीहरुको संख्या बढिरहेको ।अर्कोतिर जनसंख्या र जीवन प्रत्याशा(लाइफ एक्स्पिीनेन्सी) मा परिबर्तनले पनि यसमा प्रमुख भूमिका निभाएको छ । त्यसैले बृद्ध उमेर समूह र मध्यम आयू समूहका मानिसहरुमा यस बिमारीको अनुपात अधिक रहेको उल्लेख गरिन्छ ।
बिश्वका २०४ देशहरुबाट एकत्र गरिएको आंकडामा आधारित अध्ययनमा कोरोना भाइरसको महामारीको भूमण्डलीय प्रभाावलाई भने सामेल गरिएको छैन । किनभने यस सम्वन्धी कुनै अलग्गै बिश्वसनीय तथ्यांक पनि उपलब्ध नरहेको बताइएको छ  ।
अनुसन्धान श्राेत