अब कृषि बैज्ञानिकहरु स्वयं भन्न थालेका छन् कि रासयनिक मलखादको अत्याधिक उपयोगबाट केवल बालीनाली मात्र प्रभावित हुने होइन त्यसबाट जमिनको स्वास्थ्य, त्यसबााट उत्पन्न भएको अन्नपात, तरकारी र फलफूल र घाँस समेतले माानिस तथा पशु पंक्षीको स्वास्थ्यका साथै पर्यावरणमा पनि अत्यन्तै प्रतिकूल असर पर्दछ । अन्न र सागसब्जीका माध्यमले बिशाल’ रासायनिक तत्व मानिसको शरीरमा प’ग्नजानाले त्यसबाट मानिसहरु बिभिन्न किसिमका भयानक रोगहरुको शिकार बनिरहेका छन् ।
उर्बर जमिन र किसानलाई पनि मार्दै छ कीटनाशकले
सेण्टर फर साईन्स एण्ड इन्भारोण्मेण्टले दिएको प्रतिबेदनले रासायनिक मलको बढ्दो उपयाोगका काकरण ३० प्रतिशत जमिन बाँझो बन्ने संघारमा पुगेको छ । यूरियाको उपयोगको दुष्प्रभावको अध्ययनका लागि स्थापित सोसाइटी अफर कञ्जरभेशनले यूरीयाले जमिनको स्वास्थ्यका लागि घातक बताएको थियो ।
रासायनिक मलखाद तथा कीट नाशहरुको सहायतबाट खेतीको आरम्भ यूरोपमा औद्योगिक क्रान्तिसँगै भएको थियो । त्यसको उदेश्य थियो कम जमिनबाट अधिकतम उत्पादन हासिल गर्ने । पछिबाट तिनको नक्कल गर्दै बिकासशील देशहरुले पनि औद्योगिकरण र आधुनिक खेतीलाई नै बिकासको पर्याय मान्न थाले । रासायनिक मलको खपत बढ्न जाँदा जहाँ एकतिर कृषिमा लागत बढ्यो भने त्यही अर्कोतिर उत्पादकतमा गिरावट आउन जानाले किसानको लाभमा कमी आउन थाल्यो
. यूरीयाको अत्यधिक उपयोगले नाइट्रोजन चक्रलाई पनि न«राम्रोसँ प्रभावित गरेको छ । यो चक्र बिग्रन जाँदा त्यसको दुष्परिणाम केवल माटो, पानीसम्म मात्र सीमित रहेन, नाइट्रस अक्साईडकोरुपमा यो एउटा ग्रीनहाउस ग्यास पनि हो र बिश्व जलवायु परिबर्तनमा यसको ठूलो हात रहेको छ । त्यसैले जथाभावी असन्तुलित किसिमले रासायनिकम मल र कीट तथा रोगनाशक बिषादीहरुले प्रकृति र मानब स्वास्थ्यमै भयंकर खतरा देखिएकोले यसको उपयोग घटाउन, रोक्ने र प्राकृति जैबिक खेतीपातीका उपायहरु बिकसित गर्ने अबलम्बन गर्ने बाटो लाग्न ढिलो भइसकेको कृषि बैज्ञानिकहरु बताउँदछन्