बुधबार, भाद्र ३ गते २०८३

सराेकारवाला बिद्यार्थीहरू र अखिल नेपाल बिद्यार्थी यूनियनकाे दबाबमा माग पूरा गरिने चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा आश्वासन

भाद्र ५, २०७८ शनिबार
सराेकारवाला बिद्यार्थीहरू र अखिल नेपाल बिद्यार्थी यूनियनकाे दबाबमा माग पूरा गरिने चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा आश्वासन


काठमाण्डाै । अखिल नेपाल विद्यार्थी यूनियनका विद्यार्थी इञ्चार्ज क.कृष्णहरि भट्ट, प्रतिनिधि सुदर्शन मिश्र, प्रेम कार्की लगायतको उपस्थिति र सराेकारवाला पीडित विद्यार्थीहरुको संयुक्त आयोजनामा, चिकित्सा शिक्षा अध्ययन संस्थान, डिनको कार्यलयमा हिजाे धर्ना , नारा जुलुस लगायतको कार्यक्रम सम्पन्न भएको छ।

bidyarthi2.jpg

परीक्षा तालिका अबैज्ञानिक भएको भन्दै विद्यार्थी र संगठनको संयुक्त माग पत्रको बिषयमा ठोस निस्कर्ष ननिस्किएको भन्दै उनीहरूले संयुक्तरूपमा नारा–जुलुस र धर्ना कार्यक्रम गरेको थियोे।त्यस भन्दा पछि थप संघर्षको कार्यक्रमको रुपमा तालाबन्दी गर्नै लाग्दा सुरक्षाकर्मीको घेरा भित्रैबाट बार्ताको बाताबरण सृजना भएर मौखिक सम्झौता अन्तर्गत केही दिनमा माग कार्यान्वयनमा लैजाने समझदारी भएको बताइएकाे छ। माग पूरा नभए बिद्यार्थी पुन संयुक्त संघर्षमा उत्रिने तयारीमा छन् ।

bidyarthi3.jpg

चिकित्सा शास्त्र संकायका बिद्यार्थीहरूकाे उक्त  मागको बिषयमा अखिल नेपाल बिद्यार्थी यूनियनका पछिल्लो केन्द्रिय बैठकले पनि सरकारसंग बिद्यार्थीहरूका माग पूरा जाेडदार माग गर्दै तुरून्त पूरा गर्न चेतावनी दिएको थियोे ।