शनिबार, आश्विन १७ गते २०८३

नेपालका २१ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोभिड  सङ्क्रमित, कूल ४०,३०९ जनामा सक्रिय सङ्क्रमण

भाद्र ४, २०७८ शुक्रबार
नेपालका २१ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोभिड  सङ्क्रमित, कूल ४०,३०९ जनामा सक्रिय सङ्क्रमण

आज नेपालमा थप ३,०४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २६ जनाको कोभिड-१९  का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

समग्रमा  अहिलेसम्म नेपालमा सङ्क्रमितको कूल सङ्ख्या आठ लाख २३ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,४५५ पुगेको छ।

मन्त्रालयले शुक्रवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा थप २,२४४ जना निको भएका छन्।

आजसम्म कूल  १७,६५४ परीक्षण गर्दा १९.५ प्रतिशतमा कोभिड सङ्क्रमण देखिएको छ।
तीमध्ये ७,१२४ जनामा एन्टिजन परीक्षण गरिएकोमा ९६३ जनामा कोभिड पुष्टि भएको हो।अहिले नेपालमा ४०,३०९ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ७,१२४ जनामा एन्टिजन परीक्षण गरिएकोमा ९६३ जनामा कोभिड पुष्टि भएको हो।
अहिले नेपालमा ४०,३०९ जनामा सक्रिय सङ्क्रमण छ।