बुधबार, भाद्र ३ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक शुरू : महत्वपूर्ण बिषयमा छलफल हुँदै


जेठ २६, २०८० शुक्रबार
नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक शुरू :  महत्वपूर्ण बिषयमा छलफल हुँदै

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सचिवालयको बैठक आज काठमाण्डौमा शुरु भएको छ । पार्टीका अध्यक्ष लोकनारायण सुबेदीको अध्यक्षतामा शुरु भएको बैठकले राष्ट्रिय अन्तर्राष्ट्रिय संगीन बन्दै गएको बाह्य तथा आन्तरिक अर्थ–राजनीतिक स्थिति,, कमरेड पुष्पलालको जन्म शतबार्षिकी कार्यक्रम, संयुक्त किसान आन्दोलन, देशमा एक पछि अर्को महा भ्रष्टचार, मानब तस्करी र ठगी बिरुद्ध फैलदो तीब्र जन असन्तोस र जन संघर्षको बिकासबारे ब्यापक छलफल गरी देश र जनतालाई बचाउन, जाेगाउान र अघि बढाउन चिन्तन, चरित्र र निष्ठा  भएका सबै कम्युनिष्ट, बामपन्थी, र क्रान्तिकारी देशप्रेमी लोकतन्त्रबादीहरु एकजुट हुनुको कुनै बिकल्प नरहेको स्थितिका बारेमा छलफल चलाई रहेको छ  । 

secratariat2.jpg
दुइ दिनसम्म चल्ने यस महत्वपूर्ण बैठकमा पार्टीका उपाध्यक्ष क. भीमप्रसाद  सेढाई, महासचिव क. शरणबिक्रम मल्ल, सचिव द्वय डा. क.महेन्द्र जोशी र क. रामदुलार महतो, कोषाध्यक्ष क.सीता सुबेदी, सचिवालय सदस्य क.नरेन्द्रबहादुर तण्डुकार र पदेन सदस्य क.डीपी पौड्याल लगायतको उपस्थिति रहेको छ । 

348376651_5669731729795556_9192735410833136170_n.jpg

बैठकले पार्टीकाे तत्कालीन कार्य याेजना तर्जुमा गरी गतिशीलता बिस्तार र सुदृढीकरण गर्ने सम्बन्धमा बिशेष निर्णय लिने र संघर्ष, संगठन र सिध्दान्तका तीनै क्षेत्रमा बिशेषा अभियान चलाउने दिशामा महत्वपूर्ण निर्णय लिइने बैठक सुत्रले जनाएकाे छ। बिबिध कारणले चार जना सचिवालय सदस्य बैठकमा उपस्थित हुन असमर्थ भएकाे जानकारी गराइएकाे थियाे ।