बिश्वमाा सबैभन्दा पहिला परमाणु त्रासदीको शिकार भएको जापानी शहर हिरोशिमा आयोजित जी–७ शिखर सम्मेलनमाा शाान्तिको साटो संघर्ष जारी रँख्ने सन्देश दिइएको छ । अमेरिकाको नेतृत्वमाा रेका देशहरुले हिरोशिमामा पुगेर यूक्रेन युद्धको समाधाान बार्ता र कूटनीतिको माध्यमबाट होइन रुसको बिरुद्ध अझ पेच कस्ने र हतियारको बाटो लिने कुरामा अझ बढी जोड दिएका छन् । सम्मेलनमा यूक्रेनका राष्ट्रपति भोलोदोमिर जिलेन्स्की पनि नाटकीय र अप्रत्याशित लाग्ने किसिमले सामेल भएका थिए । यो सम्मेलनमा उनको उपस्थितिले के साबित हुन्छ भने अमेरिका र उसको नेतृत्वमाा नाटोमा सम्मिलित देश युद्धकौ मैदानबाटै यो समस्याको हल खोजिनु पर्दछ भन्ने कुरामा उद्यत छन् । यसरी जी–७ का देशहरुले क्रूर आणबिक प्रहारबाट क्षत बिक्षत भइ खरानीमाा परिणत भएको र पछि ‘शान्तिको प्रतीक’ मानिएको हिरोशिमालाई नै अब युद्ध चर्काउने एउटा केन्द्रकोरुपमा धकेल्न खोजिरहेका छन् । यसलाई बिडम्बना नै मानिदै छ कि हिरोशिमाबाट नै अब एउटा यस्तो संघर्षलाई जारी राख्ने कुरामा जोड दिइदैछ र यसको परिणति परमाणु युद्ध हुन सक्ने खतरा अझ बढ्दै गएको देखिन्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिला अस्ट्रेलियाको सिडनीमा क्वा शिखर सम्मेलनमाा भाग नलिने घोषणा गरेका थिए । अब यसको आयोजनाको औपचारिककता हिरोशिमामा नै निभाइदैछ । कतिपय बिश्लेषकले भनेका छन् कि अब अमेरिकलो हिन्द–प्रशान्त क्षेत्रमा चीनको चूनौतिलाइ सर्बोच्च प्राथमिकता दिइरहेको छैन । अमेरिका अब पहिला रुससँगको राजनीतिक हिसाव किताब लिन र काम तमाम गर्न अग्रसर छ । शायद यसै कारणले होला जी–७ को सम्मेलनको संयुक्त बक्तब्यमा रुसलाई साथ सहयोग दिने ‘तेश्रो देशहरु’लाई पनि खुलस्त चेतावनी दिइएको छ । त्यसको स्पष्ट अर्थ हो कि त्यसको तारो चीन र भारत हुन् । भनिदैछ कि रुस बिरुद्धको प्रतिबन्धको नयााँ सूचिमा अब हीरा उद्योगलाई पनि सामेल गरिएको छ । ज्ञातै छ कि रुस हीरा निर्यात गर्ने देशहरुमा एक प्रमुख देश हो । हीरालाई तरास्ने र पोलिश गरेर चम्काउने एउटा प्रमुख केन्द्र भारत गुजरातको सूरत शहर हो । त्यहाँ लाखौ कारीगरहरु यो उद्योगसँग जोडिएका छन् । भनिन्छ भारतका प्रधानमन्त्रीको गृह राज्यका मानिसहरुमाथि यो हीरा प्रतिबन्धको मार पर्दैछ र मोदीलाई अमेरिकी दबाबको चिन्ताले सताउँदै छ । यूक्रेन युद्धको सन्दर्भमा भारतको भूमिकाको परीक्षा अब हुने देखिदैछ । अमेरिका र पश्चिमा देशहरु भारतलाई अब अरु सहुलियत दिने पक्षमा देखिदैनन् । उनीहरु बिस्तारै बिस्तारै भारतका रुससँग ब्यापार गर्ने कम्पनीहरु र बित्तीय संस्थाहरुमाथि पेच कस्दै छन् र कस्ने छन् । यद्यपि तिनीहरुमााथि प्रत्यक्ष प्रतिबन्ध नलगाइए तापनि तिनलाई रुससँग कारोबार गर्न कठिन तुल्याइने कुरा निश्चित छ ।

यस्तो स्थितिमा भारतले अमेरिका र पश्चिमा देशहरुको हतकण्डाको सामना गर्न ब्रिक्स देशहरुसाँग साझा रणनीति बनाएर जान सक्छ । दक्षिण अफ्रिकामाा आयोजित हुने तय भएको ब्रिक्स शिखर बार्तमा एउटा साझा मुद्रा तयार पार्ने पनि सहमति बन्न सक्ने सम्भावना रहेको बताइदैछ । यदि त्यसो भयो भने यो बिश्व अर्थब्यवस्थामा अमेरिकी बर्चश्वलाई सोझो चूनौति बन्न पुग्नेछ । क्वाड सम्मेलनका बेला हिरोशिमामाा भाारतका प्रधानमन्त्री मोदी यूक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेटघाट त गरे । तर जेलेन्स्की भारतको ‘रुस समर्थक’ भएकोमा अप्रसन्न छन् । त्यसैले पनि हुन सक्तछ त्यो भेटको समयमा जेलेन्सी र मोदी बीचको बार्ता र कूटनीतिको सुझावमा शायद कुनै बयान या बक्तब्य आएन । अमेरिका र नाटोका हतिहयारहरुको बल बुतमा जेलेन्स्की रुसलाई पराजित गर्ने मनसुवा राख्दा हुन् । अमेरिका र पश्चिमा देशहरु जेलेन्स्कीलाई संयमित र कूटनीतिक तरीकाले चल्न सुझाव दिनेभन्दा पनि रुस बिरुद्ध बढीभन्दा बढी उक्साउने काम गरिरहेका छन् ।
उल्लेखनीय छ कि क्वाड शिखर सम्मेलनको सत्रलाई सम्बोधन गर्दा कोभिड महामारीका बेला खोपको सम्वन्धमा पश्चिमा देशहरुले सहयोगात्मक प्रबृत्ति नदेखाएको बताउदै आलोचना गरेका थिए । त्यस बाहेक उनले खाद्य सुरक्षा, उर्बरक(मल)को उपलब्धता जस्ता समस्याहरुको पनि उल्लेख गरेका थिए । उनले यसरी सारत ‘ग्लोबल साउथ’को आवाजलाई बिशेष जोड दिएको र आफ्नो कत्र्तब्य निभएको पनि भनिदैछ । तर बिश्वमा कुनै पनि मूल्यमाा आफ्नो प्रभूत्व जमाइराख्न एकहोरो भएर लागिरहेका पश्चिमा देशहरुलाई मानिसको जीवनसँग जोडिएका महत्वपूर्ण समस्यााहरुका बारेमा कुनै सरोकार रहेको देखिदैन ।
यता भारतले आउदा महिनाहरुमा तीनवटा प्रमुख शिखर सम्मेलनहरुको आतिथ्यता गर्ने भूमिका निभाउनु पर्नेछ ।उसले शांघाई सहयोग सम्मेलन र जी – २० शिखर सम्मेलनको आतिथ्यता गर्नु छ । यसै बेला यूmक्रेनमाा युद्ध अरु चम्किने र स्थिति अझ खराब हुने खतरा पनि छ । यूmक्रेनको सम्भाबित जवाफी हमला पनि केही दिनमा हुनसक्ने आकलन गरिदैछ । किनभने पश्चिमा देशहरु यmुक्रेनलाई अत्याधुनि हात हतियार उपलब्ध गराउन उद्यत देखिन्छन् । अहिलेसम्म त रुसले सीमित स्तरमाा सैन्य अभियान चलाएको जानकारहरु औंल्याउँदछन् । पश्चिमाा शक्तिको युक्रेनप्रतिको चलखेल हेर्दा सम्भाबित खतरालाई टार्न रुसले पनि पूर्ण शक्तिकासाथ युद्ध चलाउने स्थिति उत्पन्न हुने सक्ने खतरा पनि त्यत्तिकै छ । रुस र नाटो देशहरुकााक बीच सोझै सैन्य संघर्ष हुने कुरा पनि कसैले गर्न सक्तैन । यो वास्तवमा ठूलो बिडम्बना नै हो कि हिरोशिमामा शान्तिको साटो बिनाशको घटना लेखिन गयो ।