चीनकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले सोमबार भनिन, - चीनले अफगान जनताको छनौटको सम्मान गर्दछ र अफगानिस्तानको स्थितिमा सहज संक्रमणको आशा गर्दछ।
तालिबानले आइतबार अफगानिस्तानमा युद्ध समाप्त भएको र उनीहरुले चाँडै अफगानिस्तानमा इस्लामिक इमिरेटको स्थापनाको घोषणा गर्ने बताएका छन्। उनीहरुले अफगानिस्तानका नागरिक र अफगानिस्तानमा रहेका विदेशी मिसनहरुको सुरक्षा सुनिश्चित गर्न जिम्मेवार कदम चाल्नेछन्।
यस बिषयमा उठेका प्रश्नहरूकाे जबाफ दिदै चीनकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता हुआ चुनयीले अफगानिस्तानको स्थितिमा ठूलो परिवर्तन आएको र चीनले अफगान जनताको इच्छा र छनौटको सम्मान गरेको बताइन्।
चीनले तालिबानले अफगानिस्तानको स्थिति सहज बनाउन, सबै प्रकारका आतंकवाद र आपराधिक क्रियाकलाप रोक्न, अफगान जनतालाई युद्धबाट टाढा राख्न र आफ्नो सुन्दर जन्मभूमि पुनर्निर्माण गर्न आफ्नो प्रतिबद्धता पूरा गर्ने अपेक्षा गरेको पनि उनले स्पष्ट पारिन् ।
चीनले तालिबानसँग सम्पर्क राखेको र तालिबान शासनलाई मान्यता दिएको छ ? भन्ने प्रश्नको जवाफमा हुआले भनिन् कि अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्ता र देशका सबै समूहरुको इच्छाको पूर्ण सम्मानको आधारमा चीनले अफगान तालिबानसँग सम्पर्क कायम राखेको छ। सधैं अफगान मुद्दाको राजनीतिक समाधानलाई बढावा दिएर एक रचनात्मक भूमिका निभाएकाे छ।
गएकाे २८ जुलाईमा चिनियाँ स्टेट काउन्सिलर र विदेशमन्त्री वाङ यीले तिआनजिनमा अफगानिस्तान तालिबानका राजनीतिक प्रमुख मुल्ला अब्दुल घनी बरादारसँग भेट गरेकाे कुरा प्रबक्ताले स्वीकार गरिन।
"हामी आशा गर्दछौं कि तालिबान अफगानिस्तानमा सबै दल र जातीय समूहहरु संग एकजुट भएर एक व्यापक र समावेशी राजनीतिक ढाँचा स्थापित गर्नको लागि अफगानिस्तानमा एक स्थायी शान्ति साकार गर्न को लागि आफ्नो राष्ट्रिय परिस्थिति अनुरूप अघि बढ्ने छ।"
थुप्रै अवसरहरुमा तालिबानले चीनसँग राम्रो सम्बन्ध बिकास गर्ने आशा व्यक्त गर्दै उनले भनेकी छन् कि उनीहरु अफगानिस्तान को पुनर्निर्माण र विकासमा चीनको सहभागिताको लागि उनीहरू तत्पर छन्, र उनीहरु कुनै पनि सेनालाई अफगानिस्तानको भूभागमा चीनलाई खतरामा पार्ने अनुमति कहिल्यै दिनेछैनन् ।
उनले थप भनिन् कि चीन सधैं अफगानिस्तानको सार्वभौमिक स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान गर्दछ, अफगानिस्तानको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गर्दैन, र सधैं सबै अफगान जनता प्रति मैत्रीपूर्ण नीति अपनाउँछ।
"चीनले अफगान जनताको स्वतन्त्र रुपमा आफ्नो भाग्य निर्धारण गर्ने अधिकारको सम्मान गर्दछ, र अफगानिस्तान संग राम्रो छिमेकी, मैत्रीपूर्ण र सहयोगी सम्बन्ध विकास गर्न र अफगानिस्तानको शान्ति र पुनर्निर्माणमा रचनात्मक भूमिका निभाउन तयार छ," हुआले स्पष्ट पारिन्।
संयुक्त राज्य अमेरिका र धेरै युरोपेली देशहरूले आफ्नो दूतावासका कर्मचारीहरुलाई देशबाट बाहिर निकालेका छन्। चीनको दूतावास फिर्ता गर्ने योजना छ कि छैन भन्ने प्रश्नको जवाफमा हुआले अफगानिस्तानमा रहेको चिनियाँ दूतावास अझै सामान्य रुपमा सञ्चालनमा रहेको र चिनियाँ राजदूत र दूतावासका कर्मचारीहरु अझै पनि आफ्नो कर्तव्य निर्वाह गरिरहेको बताइन्।
चिनियाँ दूतावासले गरेको व्यवस्था अनुसार अफगानिस्तानमा रहेका अधिकांश चिनियाँ नागरिकहरु पहिले नै चीन फर्किसकेका छन्, तर त्यहाँ अझै पनि केहि मानिसहरु छन् जसले स्वैच्छिक रुपमा त्यहाँ बस्न रोजेका छन्। दूतावासले उनीहरुसँग घनिष्ठ सम्पर्क राखेको छ, र अफगानिस्तानको स्थितिमा नजिकबाट ध्यान दिन जारी राख्नेछ र अफगानिस्तानमा रहेका सबै चिनियाँ नागरिकहरुलाई आवश्यक सेवा र सहयोग प्रदान गर्दछ, हुआले भनिन्