शुक्रबार, कार्तिक ७ गते २०८३

अर्थतन्त्रमा मन्दी ल्याउने प्रमुख कारण जग्गाको किताकाट रोक्नु पनि होः अध्यक्ष ढकाल

बैशाख २०, २०८० बुधबार
अर्थतन्त्रमा मन्दी ल्याउने प्रमुख कारण जग्गाको किताकाट रोक्नु  पनि   होः अध्यक्ष ढकाल

 

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले घरजग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेकाले  कारोबार बढ्ने बताएका छन्। बुधबार राजधानीमा भएको नेपाल जग्गा तथा आवास विकास संघको १६ औं वार्षिक साधारण सभामा उनले कित्ताकाट खुलाउने निर्णयलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिएको जनाए ।

 अर्थतन्त्रमा मन्दी ल्याउने प्रमुख कारणमध्येको एउटा जग्गाको कित्ताकाट रोक्ने सरकारको निर्णय पनि रहेको  भन्दै उनले  जग्गा र घरको कारोबार घट्दा उठ्ने राजस्व ह्‍वात्तै घटेको र यसबाट समग्र अर्थतन्त्रमा समस्या देखिएको  बताए । ‘सरकारले जग्गाको कारोबार रोक्दा उत्पन्न भएको समस्या बारेमा बुझिसकेको छ,’ अध्यक्ष ढकालले भने, ‘अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा छ।