नेपाल कृषि सहकारी केन्द्रीय संघलाई संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन ९एफएओ० ले एफएओ पार्टनसिप अवार्ड–२०२३ प्रदान गरेको छ । सहकारी संस्थाहरुको संस्थागत विकास, सुशासनका साथै साना किसानका कृषि तथा आर्थिक समस्याहरुलाई नीति निर्मातासम्म पु¥याउन र भोकमरी र कुपोषण अन्त्यका लागि वकालत गरेवापत संघलाई पुरस्कार दिएको हो ।
एफएओको मुख्यालय इटलीको रोममा बैशाख ११ गते आयोजित एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिएको थियो । संघका अध्यक्ष खेमबहादुर पाठक र महाप्रवन्धक रुद्र भट्टराईले अवार्ड लिएका थिए । एफएओ पार्टनसिप अवार्ड–२०२३ लेवलानको संस्थालाई पनि प्रदान गरिएको छ । १० हजार डलरको उक्त पुरस्कार दुवै विजेतालाई बराबर बाडिने एफएओले उल्लेख गरेको छ । संघले विहीबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय स्तरको अवार्डबारे जानकारी दिएका हो । यसले नेपालका सहकारीहरुको काम अन्तरर्राष्ट्रिय स्तरमा पहिचाहन पाएको अध्यक्ष पाठकले बताए । २०६४ साल पुस २९ गते स्थापना भएको संघमा हाल ७७ जिल्लाका १ हजार २ सय संस्थाहरुमा १२ लाख भन्दा बढी सदस्यहरु आवद्ध छन् । जसमा ८२ प्रतिशत महिलाहरु रहेका छन् ।
संघले जङलमा बस्ने राउटे,कुसुण्डा,बनकरीया,भूमिविहिन,मुसहर,डोम चमार , लोपन्मुख तथा अति विपिन्न समुदायलाई सहकारीमा आवद्ध गरी कृषि उत्पादन बढाउन र त्यसको बजारीकरणका लागि काम गर्दै आएको उनले बताए ।
यसैगरी पत्रकार सम्मेलनमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पनि वेष्ट प्रोजेक्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेको जानकारी दिइयो । नेपाल सरकार र एशियाली विकास बैंकको अनुदानमा सञ्चालन भएको प्रोजेक्टमा उत्कृष्ट कार्य गरेवापत उक्त अवार्ड प्राप्त गरेको सिइओ डा। शिवराम प्रसाद कोइरालाले जानकारी दिए ।बैंकले रुलर इन्टरप्राईज फाइनान्सिङ प्रोजेक्ट सम्झौता अनुरुप ५ करोड अमेरिकी डलर साना किसानहरु माझ परिचालन गरी कृषि उद्यमको विकासमा लगानी गरेको थियो राष्ट्र बैंकबाट स्वीकृत लिई सञ्चालित उक्त परियोजनाबाट हालसम्म ९३० व्यक्तिगत परियोजना तथा ३० वटा सामुहिक परियोजनजाबाट मात्र पनि २ अर्ब ३० करोड लगानी गरेको छ ।