पृय मन,
नया साल फेरियाे अरे
कहाँ फेरिएछ ?
हाम्राे मजेत्राे , डाेकाे र डाली उहीँ पुरानाे छ,
हाम्राे कात्राे बाध्ने बासघारी उस्तै छ,
हाम्राे आखाबाट अधरमा निरका सहश्रधारा
आसुका डाेब उस्तै बहिरहेछ।
भन कहाँ आयाे नया साल ?
पृय मन,
नया साल फेरियाे अरे,
कहाँ फेरिएछ ?
संबिधानकाे धारा फेरिए जस्तै नया साल,
अहिलेकाे साल हाम्राे धाराझन सुकेकाे छ,
फाेहाेर पानी तपतप चुहियकाे छ।
फरक यत्ति छ,
पहिले सफा पानीकाे पैसा तिर्नु पर्दैनथ्याे,
अहिले नतिरे फाेहाेर पानी नि पाईन्न,
खै हामी लाई कहाँ फेरियाे नया साल।
पृय मन,
नया साल लाग्याे अरे,
कहाँ लागेछ? हाम्राे छाति र गलामा
पुरुषकाे निलडाम उस्तै दुख्तै छ,
हामी पाैनेथरले बिष्टकहाँ
बाहिर राखि खुवाउँदा
भान्छा बाट कुकुर भुकिरहेकाे छ,
झूट सफेद नेताहरु भुके जस्तै,
खै कहाँ लागेछ नया साल?
फरक यत्ति छ,
पहिले गाउँकाे मुखिया र साहु बाटै
तमशुकमा सहि गरेर पैसा पाईन्थ्याे
ऐले सरकारी बैकर साहुकहाँ
झन ठुलाे धिताे राखेर
जालि तमशुकका ढड्डा बनाएर
चर्काे बयाजमाऋण पाईन्छ।
हामी दुखि पीडितलाई के का पुराना साल,
के का नया सालकाे हर्क ?
पृय मन,
नया साल आयाे अरे,
कहाँ आयाे नया साल ?
हामीलाई सधै हिउद हाेस या बर्षा,
चाडपर्व हाेस या अर्का,
सधै सराबरी, सधै बराबरी
उस्तै ऋण र गालीकाे भारी।
पहिले ऋण तिर्न नसक्दा
साहुलाई खरबारी बुझाउन पर्थ्याे,
अहिले घर घडेरी नै बुझाउनु पर्छ।
पृय साथी,
कुन साल आएर गएर के भयाे र?
हाम्रा आँसु र दुख: गएन के रे,
हाम्लाई फगत चिप्ला आश्वसन हरण भएन के रे,
हाम्राे मन भित्र खुसि र सुख पलाएन के रे ।
मित्र कुन नया बिहानकाे घामले
हाम्राे दुखमा न्यानाे बाेकेर आयाे,
हाम्राे मनकाे पीडामा कुन जुनले सितलु दियाे?
फरक यत्ति हाे, बरु नया साल नआउदै
काम गरेकाे भरमा साहु बाले ऋणमा छुट दिन्थे,
ऐले बैकरी साहुबाट दाेब्बर ब्याजकाे पत्र र फाेन आउँछ।
पृय साथी,
हामीलाई जति साल थपिन्छ उत्ति ऋण ब्याज,
पीडा राेग र मृत्यु थपिन्छ,
आखिर मान्छे नै हाै हामी
तर मानिसकाे जुनि दिन कस्ले
आतकाे घाउमा महल्म पट्टि लगाउछ?
मित्र कहाँ आयाे नया बर्ष
न त टेक्ने डाली नत समाउने हांगाे।
नत बाच्ने गतिलाे चाल आयाे,
नत याे ज्यान लैजाने काल आयाे।
आखिर मरेकाे लास जस्तै बाच्नु पर्ने
कस्ताे साल आयाे,
भन कस्ताे साल आयाे?
लेखक थापा, सामाजिक अभियान्ता हुन्।
सीताराम थापा