आइतबार, कार्तिक ९ गते २०८३

भेडाले नेतृत्व गरेको सिंहको फौजलाई सिंहले नेतृत्व गरेको भेडाको फौजले हराइदिन्छ....

चैत्र १५, २०७९ बुधबार
भेडाले नेतृत्व गरेको सिंहको फौजलाई सिंहले नेतृत्व गरेको भेडाको फौजले हराइदिन्छ....
ghana.jpg
चन्द्रमणि गाैतम
 
हुन त उक्त आख्यानलाई अलेक्जेन्डर द ग्रेटले भनेको पनि भन्छन् । तर मैले घानाली आख्यान पढदा यो पनि पाएको थिएँ । जे होस्-
 
गणतन्त्र घाना एट्लान्टिक महासागरतिर पर्ने, सरकारी भाषा अँग्रेजी भएको पश्चिम अफ्रिकी मुलुक (फोटो) हो। घानाको शाब्दिक अर्थ लडाकू राजा भन्ने लाग्दछ ।
 
१९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको र नेपाल जति नै जनसंख्या भएको यो मुलुकमा पूर्ण लोकतन्त्र छ । ९ मूख्य जाति र १७ वटा राष्ट्रिय भाषा प्रचलनमा छन् ।
 
प्रतिव्यक्ति आय करिब ५ हजार डलर भएको, समृद्धिमा विश्वको १२६ औँ मुलुक, आर्थिक सामाजिक समृद्धि र राजनीतिक स्थिरताका दृष्टिले घाना यस भूक्षेत्रको शक्ति राष्ट्र हो, जहाँ राष्ट्र संघका महासचिव कोफी अन्नान र एन्क्रुमा जस्ता नेताहरु जन्मे ।
 
Ghana-map-features-locator.jpg
 
घानाको कुरा गर्दा क्वामे एन्क्रुमाह (१९०९-१९७२) को बारेमा लेख्नैपर्ने हुन्छ । उनी घानाका क्रान्तिकारी, पहिलो प्रधानमन्त्री र राष्ट्रपति, १९५७ मा घानालाई बेलायतबाट स्वाधीन गराउन नेतृत्व दिएका राजनेता एवं असंलग्न मुलुकहरुको आन्दोलनका अगुवा थिए ।
 
घानालीहरू एकताका उनको यति गुणगान गर्दथे कि नारा लगाउने गर्थे, "यो दुनियाँमा एउटा मात्र नेता छ भने त्यो एन्क्रुमाह हो, यो दुनियाँमा एउटा मात्र ईश्वर छ भने त्यो एन्क्रुमाह हो ।" (If there's only one leader in the world, he's Ankrumah ! If there's only one God, he's Ankrumah). तर एन्क्रुमाह पनि अथाह सम्पत्ति स्वीस बैंकमा लुकाएको, आदि विभिन्न विवादबाट अछुत रहन सकेनन् ।
 
घाना शान्ति र राजनीतिक स्थायित्व भएको राम्रो अफ्रिकी मुलुक हो ।
 
साभार : गाैतमकाे मुहारपुस्तिका