शनिबार, आश्विन १७ गते २०८३

अमेरिकामा सिलिकन भ्याली बैक टाटपल्टिएर बन्द

फाल्गुण ३०, २०७९ मंगलबार
अमेरिकामा सिलिकन भ्याली बैक टाटपल्टिएर बन्द

अमरिकाको द सिलिकन भ्याली बैंक(एसभीबी) टाटपल्टिएपछि त्यसलाई बन्द गरिदिएको छ । बिश्वको चर्चित प्रौद्योगिकी स्टार्टअप र उद्यम पूँजी कम्पनीहरु यस बैंकलाई राम्रोसँग जान्दछन् ।
यो बैंक टाटपल्टिए पछि यसको नियामक निकायले बैंकको सम्पत्तिलाई जफत गरेर त्यसलाई बन्द गरिदिएको  हो । अमेरिकामा झण्डै एक दशक पहिला ‘वाशिङ्गटन म्युचुअल’ ढलेपछि यो अर्को ठूलो बित्तीय संस्थानको पत्तन भएको हो । यसबाट प्रष्ट  बुझ्न सकिन्छ कि यो अत्यन्तै ठूलो असफलता हो । 
यसबाट बैंकमा खाता खोल्ने केही नयाँ कम्पनी(स्टार्टअप)हरुलाई अहिले आफ्ना कर्मचारीहरुलाई भुक्तान दिनमा कठिनाईको सामना गर्नु परिरहेके छ । उनीहरुलाई के डर छ भने यदि उनीहरुले आफ्नो धनको उपयोग गर्न सकेनन् भने तिनले आफ्ना परियोजनाहरुलाई रोक्नुपर्ने हुन्छ । 
यो बैंक किन बिफल भयो, को सबैभन्दा बढी प्रभावित भएको छ र  यो घटनाले अमेरिकामा ब्यापक बैंकिङ्ग प्रणालीलाई प्रभाबित गर्न सक्छ कि सक्तैन यी गम्भीर  प्रश्नहरु  उठेका छन् र तिनको उत्तर खोजिदैछ ।

silicon-valley-bank.webp

याे सिलिकन भ्याली बैंक बितेको एक बर्षादेखि प्रौद्योगिक शेयरहरुमा गिरावट आएसँगै महँगीका मारबाट बच्नका लागि ब्याजदरमा बृद्धि गर्ने फेडरल रिजर्भको आक्रामक योजनाले नराम्रोसँग प्रभावित भएको थियो ।
 बैंकले बितेका केही बर्षहरुमा अर्बौं डलर मूल्यको ऋणपत्र(बण्ड) किनेको थियो र त्यसका लागि बैंक ग्राहकहरुको धनराशीको उपयोग गरको थियो अनि सामान्यरुपले बैंकहरुले यसै गर्ने गर्दछन् । यस्ता लगानीहरू आमरुपमा संरक्षित हुन्छन्, तर ब्याज दर बढ्न जानाले ती लगानीकर्ताहरुको मूल्य गिर्न गएकाे छ । किनकि आजको बढी ब्याज दरको तुलनमा त्यसमा कम ब्याज प्राप्त भइरहेको थियो । यसबाट बैंकलाई ठूलो नोक्सानी भइसकेको छ ।