मंगलबार, आश्विन २७ गते २०८३

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

माघ २६, २०७९ बिहीबार
आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

 

आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा.लिबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायककाे रूपमा आइएमई पे रहनेछ ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन् ।

यो सम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने वानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।