शनिबार, आश्विन १७ गते २०८३

कमरेड एकदेब आलेका क्रान्तिकारी योगदानमाथि प्रकाश 

माघ १२, २०७९ बिहीबार
कमरेड एकदेब आलेका क्रान्तिकारी योगदानमाथि प्रकाश 


काठमाण्डौ । नेपाली कम्युनिष्ट आन्दोलनका एक सशक्त योध्दा तथा कमरेड पुष्पलालका क्रान्तिकारी सहयोध्दा क. एकदेब आलेको ५४औं स्मृति दिवस माघ  १२ गते उहाँका क्रान्तिकारी योगदानहरुका बारेमा  चर्चा गरियो ।नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको यस कार्यक्रममा बोल्नु हुदै पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले कमरेड एकदेब आले जस्तो प्रेरणास्पद क्रान्तिकारी ब्यक्तित्व बिरलै पाइने दुर्लभ ब्यक्तित हुन्छन् र उनीहरु जस्तो ब्यक्तित्वहरुको योगादान पनि बिशेष नै हुन्छ भन्ने कुरा उल्लखे गर्दै क. आलेले नेपालको प्रजान्त्रिक, जनबादी र कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिनु भएको उल्लेख गर्नु भयो ।उहाँ कर्तब्यनिष्ठ, साहसी र लडाकु नेता हुनु हुन्थ्यो  । दोश्रो बिश्व युद्धका बेलामा जर्मन र इटलीको धावामा परेर युद्धबन्दी बनाइनु भएका आले युद्ध पछि लाहुरबाट नेपाल फर्केर एकतन्त्री हुकुमशाही राणा शासन बिरुद्ध मुक्ति योद्धाकोरुपमा लाग्नु भयो । क्रान्ति अधूरो छोडेर दिल्ली सम्झौता हुँदा  त्यसको बिरुद्ध सशक्तरुपमा खडा हुनु भयो र सिंहदरबारमा  सैनिक गारदमा थुनिएका अर्का योद्धा डा.केआईसिंहलाई त्यहाँबाट ठूलो प्रतिकार गरेर क.आले र राम्रसाद राईहरुले सिंहलाई बाहिर निकाल्नु भयो, गठ्ठाघर कब्जा गर्नु भयो, आकाशबाणी अफिस पनि कब्जा गर्नु भयो । फक्राउ खानु भयो र जेल पर्नु भयो । जेलमा कम्युनिष्ट  योद्धाहरुसँग भेट भए पछि थप अध्ययन र छलफल पछि कम्युनिष्ट बिचारधाराबाट प्रभाबित भएर नेपाल कम्युनिष्ट पार्टीमा लाग्ने निचाेडमा पुग्नुभयाे र जेल मुक्तभए पछि क. पुष्पलालकाे हातबाट पार्टी सदस्यता लिएर किसान फाँट हेर्नेगरी गाउँ फर्कनु भयाे । किसान आन्दाेलन उठाउन किसानहरूमा सचेतना फैलाउन थाल्नु भयाे र भूमिहीन र सुकुम्बासीहरूलाई  बाँझो र पर्ति जग्गामा उनीहरुकाे बसोबासो गराउनु भयो । ०१७ सालको प्रतिगामी काण्डपछि पक्राउ परेर पाल्पा जेलमा पर्नु भयो । तर ०१८ सालमा जेल प्रशासनलाई आँखामा छारो हालेर पाल्पा जेलबाट उम्किन सफल हुनु भयो र बनारस पुगेर क. पुष्पलालको साथमा रहेर पार्टीलाई पुनर्संगठित गर्न लाग्नु भयो । तेश्रो ऐतिहासिक सम्मेलनमा सहभागी हुनु भयो र पुन पार्टीको केन्द्रिय समितिमा चुनिुनु भयो । संकट र चूनौतिहरुको निरन्तर सामना गर्दै उाहाले देश, जनता र पार्टीको निम्ति अबिचलरुपमा बाँचुञ्जेल सक्रिय भएर काम गर्नु भयो अन्त्य २०२५ साल माग १२ गत क्यान्सर  रोगबाट उहाँ जस्ता अथक हस्तीको असामयिक निधन हुन गयो । तर आज पूँजीवादी उपभोक्ताबादको भाइरसले कम्युनिष्ट आन्दोलनलाई बिचलित तुल्याएको छ र यसबाट पार पाउन आलेजस्तै क्रान्तिकारी योद्धाको आवश्यकता रहेको सुबेदीले औल्याउनुभयो ।

तnimb bank online.jpg

पार्टीका उपाध्यक्ष क.भिम सेढाईले कमरेड आलेसँग लामो समय करीब एक महिनासम्म पार्टीको तत्कालीन केन्द्रिय हेडक्वाटर के.२९-३० दशपुत्रगल्ली बाराणशीमा सँगै बस्ने संयोग मिल्यो । त्यतिबेला उहालाई कस्तै संकटमा पनि नआत्तिने, खुरुखुरु काममा लागिरहने, पार्टीको सिद्धान्त,नीति र कार्यक्रमप्रति सजग र उत्सुक रहिरहने तथा कमरेडहरुप्रति सहयोगी, स्वाबलम्बी र सक्रिय ब्यक्तित्वकोरुपमा आले देखिनु हुन्थ्यो भन्नुभयाे। उहाले असल कम्युनिष्ट कसरी बन्ने भन्ने तत्कालीन  चीनीयाँ नेता लिओ साओचीको हिन्दी भाषाकाे पठनीय किताब पनि आफुलाई दिएर आले कमरेडलाई नेपालीमा बताउन पढ्न दिनु भयो भन्ने लगायतका उहाँका प्रेरणास्पद कुराहरु सुनाउनु भयो। 
पार्टीका केन्द्रिय सचिव क. रामदुलार महतोले क.आलेप्रति भावपूर्ण श्रद्धासुमन ब्यक्त गर्दै क.एकदेब आले क. पुष्पलाल जस्ता ब्यक्तिहरुको समयमा क्रान्तिकारी जीवन धेरै नै कष्टकर र अनिश्चित थियो भन्नु भयो  । यतिबेलाको जस्तो तुलनात्मकरुपमा सहज थिएन । उहाँहरु दुबै स्वदेशमा आउन सक्ने बातावरण थिएन  । दुबैजना बिदेशमै देहत्याग गर्न तयार हुनु भयो तर देशप्रतिको निष्ठा र जनताप्रतिको समर्पणको अमूल्य राजनीतिको परित्याग गर्नु भएन तर मर्न तयार हुनु भयो । उहाहरुबाट हामील प्रेरणा लिएर अघि बढनु पर्दछ । अनि मात्र कम्युनिष्टहरुलाई जनताले बिश्वास र भरोसा गर्न सक्छ । यतिबेला त जनता अवसरबादी कम्युनिष्टहरुको भ्रमजालमा परेको छ भन्ने कुरा पनि ब्यक्त गर्दै यस्ताे गलत चरित्रबाट कम्युनिष्ट आन्दाेलन मुक्त राख्न सकेमात्र क.आलेप्रतिकाे श्रध्दाञ्जली सार्थक हुन्छ भन्नु भयाे ।
पार्टीका कोषाध्यक्ष तथा अखिल नेपाल महिला यूनियन अध्यक्ष क. सीता सुबेदीले सम्पूर्ण नेपाली महिलाहरुको तर्फबाट कमरेड आलेप्रति सम्मानकासाथ श्रद्धासुमन ब्यक्त गर्दै आले जस्ता देश र जनताप्रति मनैदेख समर्पित ब्यक्तित्वहरुबाट प्रेरणा लिन सक्दा मात्र संघर्ष, संगठन र सिद्धान्तलाई देश र जनताको हितमा सही किसिमले अघि बढाउन सकिन्छ, निष्कृयता हटाउन सकिन्छ भन्नु भयो ।
जेष्ठ केन्द्रिय सदस्य क. देबी आचार्यले कमरेड आले जस्ता क्रान्तिकारी योद्धाले देखाएको बाटोमा सही किसिमले अघि बढ्न सिकेमा मात्र कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिन र अझ ब्यापकरुपमा अघि बढाउन सकिन्छ भन्नु भयो ।
अर्का केन्द्रिय सदस्य प्रबीण जोशीले कमरेड  पुष्पलाल र सहयाेध्दा कमरेड आले जस्ता मार्गदर्शहरुले देखाएको सही बाटोमा हिड्न सक्दा मात्र देश र जनतलाई मुक्त गर्न सकिने कुरा हामीले पनि बुझ्नु पर्दछ र अरुलाई पनि बुझाउनु सकृय हुनु पर्दछ भन्नु भयो ।

कार्यक्रमकाे शुरूमा कमरेड एकदेब आलेप्रति हार्दिक श्रध्दा सुमन ब्यक्त गर्दै सामुहीक क्रान्तकारी अभिबादन गरिएकाे थियाे ।