शनिबार, कार्तिक ८ गते २०८३

जर्मनीमा अग्र्यानिक खेतीपाती मेटिने बढ्दो जोखिम

माघ १२, २०७९ बिहीबार
जर्मनीमा अग्र्यानिक खेतीपाती मेटिने बढ्दो जोखिम

cows.jfif
लोकनारायण सुबेदी
लोकनारायण सुबेदी
आजकल जर्मनीको खेती–पातीमा निककै ठूलो परिबर्तन आइरहेको छ । सन् २०३० सम्ममा जर्मनीको एक–तिहाई खेतहरुलाई अर्गानिकमा खेतमा परिबर्तन गरिने लक्ष रहेको छ । तर बढ्दो महँगीका बीच जर्मनी किसानहरु सरकारसँग बढी मद्दतको माग गरिरहेका छन् । उनीहरुले यस सम्वन्धमा निकै महत्वपूर्ण प्रश्नहरु उठाइरहेका छन् । त्यसमा इको–फ्रण्डली, प्रकृति–मैत्री र दीगो कृषि बिकासका कुरा सँगसँगै जलवायु परिबर्तनको असरले कृषिलाई पारिरहेको र थप पार्नसक्ने प्रभावका बारेमा पनि उनीहरुको चिन्ता निकै ठूलो देखिन्छ । अनेक कारणले कृषिमा बढ्दो लागतको समस्या पनि अर्को उनीहरुको महत्वपूर्ण र हल हुुनै पर्ने आधारभूत कुरा नै हो ।
बर्लिनमा किसानको बिरोध प्रदर्शन
 पश्चिम जर्मनमा बेण्र्ड स्मिथको एउटा  सानो अग्र्यानिक फारम छ । महँगीको बढदो आजको स्थितिमा सरकारले स्थाई खेतीको नयाँ नयाँ नियम बनाइरहेको उनलाई पटक्कै मन परिरहेको छैन । सरकारको यस्ता कदमबाट हैरान भएका उनले पिन हजारौं अन्य किसानहरुसँग जर्मनीको राजधानी बर्लिमा  प्रदर्शनमा सहभागी हुने निर्णय लिए । त्यस बिरोध प्रदर्शनमा भाग लिने किसानहरुको के माग रहेको छ भने सरकारले उनीहरुलाई मद्दत गरोस् जसले गर्दा उनीहरुले इको–फ्रेण्डली अर्थात् प्रकृति–मैत्री खेतीपाती गर्ने उनीहरुको लक्षपुरा गर्न सकियोस् । यस सम्वन्धमा  स्मिथले जर्मनी सञ्चार माध्यम डीडब्लु अर्थात डचे वेलेसँग कुरा गर्दै के भनेका छन् भने ‘हामी कृषि नीतिमा परिबर्तन गरिनुपर्ने माग गरिरहेका  छौं । जसले गर्दा गुणस्तरीय उत्पादनलाई बढावा मिलोस् ।
 जर्मन किसानहरुको यो प्रदर्शनको योजना करीब ६० अभियन्ता अर्थात् एक्टिभिस्ट समूहरुले मिलेर बनाएका थिए । अचेल हरेक दिन जर्मनीमा  छ वटा कृषि फारम  बन्द हुन थालेका छन् । किनभने खेतीपाती गर्ने लागत अत्यन्तै चर्कोरुपमा बढ्दै गएको  छ । यतिबेला जर्मनीमा अढाई लाख खेतीपातीमा फार्महरु छन् । तर अब बढ्दो मंहँगी र लागत बढ्न जाँदा ती खेतीपातीमा फार्महरुको संख्यामा कमी आइरहेको छ ।
 स्मिथले आफ्नो फार्ममा धेरै दूध दिन होलिस्टिन गाई पालेका छन् । दूध बेचेर नै उनको कमाई हुन्छ । उनका फार्म ‘हानफर फार्म’को नामले चर्चित र प्रसिद्ध छ । अनि यो १८५० देखि उनको परिबारको पाँच पिढीले यसलाई चलाउदै आएका छन् । तर बर्तमान बढ्दो लगानीको स्थितिले उनीहरुले अब मुस्किलसँग अरु एक बर्ष मात्र त्यो फार्म चलाउन सक्ने अबस्थामा पुगेका छन् । स्मिथ भन्दछन् –  ‘गएको बर्षको तुलनामा अब मैले बिजुली र इन्धनको लागि झण्डै ५० प्रतिशत बढी खर्च अर्थात  लगानी गर्नु पर्दछ, अब यो फार्म धेरै लामो सयम चल्न सक्ने स्थितिमा छैन’ । छैठौं पिढीलाई यो परम्परादेखि चलाउदै आएको कृषि कर्म सम्हाल्ने स्थिति रहन्छ कि रहँदैन यसमा सन्दह उत्पन्न भइसकेको  छ । उनी अगाडि थप भन्दछन् –‘आफ्ना छोरीहरुसँग म यतिबेला साच्चै छलफल चलाइरहेको छु कि यस फार्ममा उनीहरुको भबिष्य छ कि छैन’।
 जलवायु परिबर्तनले ल्यायो चर्काे खडेरी 
 जर्मनीमा पनि जलवायु परिर्बनको बढ्दो प्रभावको कारण खतबारीहरु सुक्न थाले । गएको बर्ष तीन महिनासम्म एकथोपा पानी परेन  । स्मिथसँग आफुले पालेका फर्मका गाईहरुलाई ख्वाउनका लागि पर्यात आहारा उनले जुटाउन सकिरहेका छ्रैनन् । त्यसले गर्दा गाईहरुको संख्या घटाएर उनले ४८ बाट ३५ मा झारिसके । जलवायु परिबर्तनको दुश्चक्रमा फँसेका स्मिथ भन्दछन् कि आकाशबाट पानी बर्षिदैन, धरतीमा घाँस उम्रिदैन, गाई बस्तु कम हुन थालेका छन्, अनि दूधको उत्पादन पनि कम भइरहेको छ । अनि यी सबै समस्यामाथि महँगीको समस्या पनि छदैछ ।
 यतिबेला जर्मनमा करीब ३५००० कसिान अग्र्यानिक तरीकाले खेतीपाती अर्थात कृषिकर्म गर्ने गर्दछन् । तर यूक्रेन–रुस युद्धले गदा यतिबोल बढ्दो ऊर्जाको मूल्यले जमनी कृषि फार्महरुमाथि ठूलो मार परिरहेको छ । यस्तो स्थिति पहिलो पटक हुन गएको छ कि जर्मनीमा अग्र्यानिक उत्पादनको बजार खुम्चिन पुगेको छ । कृषि उपजका ग्राहकहरुलाई पहिलाभन्दा निकै बढी पैसा तिर्नुपर्ने स्थिति उत्पन्न भएको छ । कारण के पनि हो भने जैबिक खेतीमा बढी नै श्रम लाग्ने गर्दछ । यसका लागि प्रत्येक कदममा इको–फ्रेण्डली अर्थात प्रकृति–मैत्री बन्नु पर्ने हुन्छ  । यस्ता प्रकृति–मैत्री उपाय लागु गर्दा त्यसले उत्पादन लागत बढ्ने गर्दछ  । ६७ बर्ष उमेरका स्मिथ भन्दछन् कि संकटको यो स्थितिमा खुद्रा ब्यापार (रिटेल सेक्टर)ले हामीलाई बहुदै कम मात्रै मूल्य बृद्धि गर्न दिन्छ ।तर तिनले भने ग्राहरुलाई निकै महँगोमा चीज बस्तु बेच्ने गर्दछन् ।
 जर्मन सरकार सन् २०३० सम्ममा अग्र्यानिक खेतको सहभागित झण्डै ३० प्रतिशत पुर्याउन चाहन्छ । तर आलोचकहरु के भनिरहेका छन् भने यो एउटा अत्यन्तै महत्वाकांक्षी लक्ष हो । बिश्लेषहरुको भनाइ के छ भने न त यसाक लागि त्यति ठूलो संख्यामा ग्राहकहरुनै पाइनेछन् न त नेताहरुले नै किसानहरुलाई यसमा त्यत्तिका धेरै मद्दत दिइरहेका छन् । स्मिथ थप भन्दछन् –‘यदि समाजमा यस बारेमा यत्तिका चर्चा भइरहेको छ भने त्यसै हिसाबले त्यसमा पैसा पनि हाल्नुपर्ने हुन्छ, त्यसो गर्न नसकेमा यी सबै कुरामा कुनै परिबर्तन हुन सक्ने छैन, अर्थात अग्र्यानिक खेतीमा बृद्धिहुन सक्ने छैन’ ।
 सरकार गम्भीर नभएको किसानहरुको आरोप 
  जर्मनीको बर्तमान सरकारको महागठबन्धनमा शामेल भएका एसपीडी, एफडीपी र ग्रीन्स पार्टीबाट स्मिथ अत्यन्तै निराश देखिन्छ् । उनी के भन्दछन् भने एक बर्ष पहिला यो नयाँ सरकारको बाग्डोर समल्दाखेरी गरिएका प्रतिबद्धताहरु उनीहरुले पूरा गरेनन् । उदाहरणका लाग बुण्डेस्टाग(जर्मनी संसद)को क्याफ्टेरियाको मेुनमा अहिले पनि केही केही औंलामा गन्न सकिने अग्र्यानिक उत्पादन मात्र सामेल छन् । किसानहरुको ठूलो चिन्ता छ कि यदि स्वतन्त्र ब्यापार सम्झौत भयो भने साना किसानहरुका लागि त्यो लाभदायक हुने छैन ।
 यसै बर्ष दक्षिण अमेरिकी देशहरु, अमेरिकाक र क्यानाडाजस्ता देशहरुसँग ईयू गठबन्धन(एलायन्स) बनाउने कुरा चलिरहेको छ । क्यानाडसँग ऋभ्त्ब्  सम्झौताका बारेमा स्मिथ भन्दछन् ‘हामी जर्मनीको मासु कम खपत गर्न चाहन्छौ जसले गर्दा जलवायुलाई बचाउन सकियोस् । तर ठीक त्यसैबलो एउटा सम्झौतामा सुधार गरिदैछ जसले गर्दा क्यानाडाबाट करीब ६०,००० टन बीफ(मासु) आयात गर्न सकियोस्’ ? 
 जर्मनीका किसान जर्मन सरकारसँग यस्ता सवालहरुमा गम्भीरतापूर्ब सोचिनु पर्दछ भन्ने पनि माग गरिरहेका छन् । यसरी अग्र्यानिक किसान जर्मन सरकारसँग आफ्ना उपजहरुको लभकारी मूल्यको माग गरिरहेका छन् । अिन इको–फ्रण्डली र जैबिक बिबिधता र प्रजाति सुरक्षित गरेर बचाउने तरीका अबलम्बन गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याईरहेका छन् ।