काठमाडौं । लामाे समयदेखि नेपाली भूमि संरक्षणमा सङ्घर्षरत ‘सुस्ता बचाउ’ अभियानका संयोजक गोपाल गुरुङको उपचारका क्रममा हिजो निधन भएको छ ।
दिबंगत गुरूङ्ग भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएका थिए । ६२ वर्षीय गुरुङ मस्तिष्काघात भइ झण्डै एक महिनादेखि उपचाररत थिए। रुपन्देहीको भैरहवा मेडिकल कलेज भैरवहवामा उनको उपचारको क्रममा निधन भएको परिवारले जानकारी दिएका छन् ।
गुरूङ्ग नेपाल प्रहरीको सेवाबाट अवकाश प्राप्त गरेपछि २०५५ सालदेखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध निरन्तर अभियानमा सक्रिय थिए। एक देशभक्त नेपाली अभियानकर्ताकाे निधनमा उहाँप्रति उच्चसम्मानकासाथ श्रध्दाञ्जली तथा शाेकसन्तप्त परिवारमा गहिराे समबेदना !