शनिबार, आश्विन १७ गते २०८३

इन्दिरा र मुक्ता उप सभामुखका दुइ प्रतिस्पर्द्धी

माघ ६, २०७९ शुक्रबार
इन्दिरा र मुक्ता उप सभामुखका दुइ प्रतिस्पर्द्धी

काठमाण्डौ । भोली हुने उपसभामुख पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुईजनाको मात्र उम्मेदवारी परेको हो ।

सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक तर्फबाट बिजयी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

इन्दिराको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम रहेकी छन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् ।

त्यसरी नै नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् । 
उप सभामुखमा सत्तारुढ दलहरुको गठबन्धनकी उम्मेद्वार इन्दिराको बिजय सुनिश्चत देखिन्छ  ।

newskarkahna-news446570.-1.webp