काठमाण्डौ । एक समारोहका बीच गएकाे २०७९ पौष २९ गते सीतापाईलामा नब सिनर्जी बहुउदेश्यीय सहकारी संस्थाकाे प्रथम बार्षिकोत्सब सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निलबहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न सो कार्यक्रममा बिशिष्ठ अतिथितिको आसनबाट बोल्नुहुदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले सहकारी अभियानमा संलग्न भएर आफुलाई आत्मनिभर र स्वावलम्बी बनाउन र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सहकारीको ठूलो भूमिका रहेको हुन्छ भन्ने कुरा औंल्याउँदै बिश्वमा बढ्दो पूँजीवादी शासन र शोषणका बिरुद्ध सहकारीका अग्रदूत रोचडेल पायनियर्स. बुनकर मजदुरहरुले शुरु गरेको यो आन्दोनलमा आज सारा बिश्वभरीका ग्रामणिदेखि शहरी इलाकाहरु सबैतिरका नागरिक सहभागी रहेका छन् र सहकारीबाट अनेक महत्वपूर्ण र उल्लेखनीय योगदान पुर्याएका छन् भन्नु भयो ।

उहाँले भारतमा सहकारीले उत्पादन गरेको प्रसिद्ध अमूल दूधको उदाहरण दिदै आज सहकारीका अनेक आयाम र बिशिष्ठताहरु रहेका छन्, कृषि, उद्योग,सेवाका क्षेत्रहरुदेखि लिएर उत्पादन, बितरण र ब्यापार समेत सबै क्षेत्रमा सहकारी फैलँदो छ र यो राज्य र नीजी पूँजीले छोडेको र उपेक्षा गरेको ठउँमा खडा भएर यसले समाजका लागि योगदान दिइरहेको छ । अतः यसलाई अझ सही दिशा र गति दिन सकियो भने यसले आत्मनिर्भर, उन्नत र अग्रगामी अर्थतन्त्र निर्माण गर्न थप योगदान दिन सक्छ भन्नुभयो । सहकारीले ठग्ने र शेयर होल्डरहरुको पूँजी डुबाउने गरेकोप्रति सावधान हुनु पर्ने र सरकारले पनि निगरानी बढाउने दिशामा बिशेष सतर्कताको नीति अबलम्बन गर्नु पर्ने उल्लेख गर्नु हुँदै सुबेदीले सिनर्जीमा आबद्ध सञ्चालक, सेयर सदस्य तथा बचतकर्ताहरुलाई संस्थामा थप अग्रसरता र सक्रियका लागि उत्तरोत्तर प्रगतिको निम्ति शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा एमाले पूर्ब बाग्मती प्रदेश सांसद मैना अछामीले प्रमुख अतिथिको आशनबाबट बोल्दै सहकारीमा आबद्ध भएर यसलाई अगाडि बढाउन र उत्पादनमूलक कार्यक्रममा सहकारी ऋणलाई लगानी गरेर आफुलाई र संस्थालाई सुदृढ पार्न भूमिका खेल्न सक्यो भने यस संस्थाको आवश्यकता र महत्व अझ बढेर जान्छ भन्ने कुरा राख्नु हुँदै सहकारीको पैसालाई भोज भतेर जस्ता फजुल खर्चमा नलगाएर उत्पादनमूलक र आम्दानी बढाउने क्षेत्रमा लगाउन बिशेष जोड दिनु भएको थियो ।

अतिथि डा. कमल चित्रकारले सहकारीलाई उत्पादनमुखी र आत्मनिर्भर तुल्याउन र खाशगरी कृषि क्षेत्रमा लगानी गरेर उत्पादन बनाउड जोड दिनुहुँदै यसलाई कुशलतापूर्बक र पारदर्शी किसमले चलाउन सक्यो भने यसले सहकारीमा आबद्ध भएका र आम नागरिकलाई समेत आर्थिक प्रगति र सामाजिक रुपान्तरणका लागि योगदान दिनसक्ने कुरा ब्यक्त गर्नु भएको थियो ।

अखिल नेपाल महिला यूनियनकी अध्यक्ष सीता सुबेदीले समारोहमा अतिथिको आशनबाट बोल्नु हुदै सहकारीमा महिलाहरुको सक्रियता बढाउन र यसलाई अझ बढी आत्मनिर्भर तुल्याउन तथा पारदर्शी र बिश्वासनीय किसिमले सञ्चालन गर्न सक्नु र त्यसो गर्न सिक्नु पर्दछ भन्नु भयो ।

नब सिनर्जी बहु उदेश्यीय सहकारी संस्थाकाक उपाध्यक्ष रबिन्द्र खड्काको स्वागत अभिबादनबाट शुरू भएको कार्यक्रममा आशदीप बचत तथा ऋण सहाकरी संस्था नुवाकाटेका अध्यक्ष नारायण दुलाल, ललिपतुरका अर्के सहकारी संस्थाका अध्यक्ष सुरजकुमा वन तथा सिनर्जी महिला शेयार होल्डरहरु रुसा श्रेष्ठ र श्रीमती दाहाल, समाजसेवी सुमित्रादेबी गौली लगायतले बोल्नुहुँदै शुभकामना दिनुका साथै समस्याहरू समेत प्रस्तुत गर्नु भएको थियो ।

एक बर्ष भित्र ११ सयभन्दा बढी शेयर सदस्य कायम गरिएको उत्साहप्रद जानकारी प्रगति प्रतिबेदन मार्फत दिदै प्रष्ट पारिएको थियो । हाल एक करोड चुक्ता पूँजी बनाएको यस संस्थाले दोश्रो बार्षिकोत्सबसम्ममा चुक्ता पूँजी रु .५ करोड पुर्याउने लक्ष लिएको पनि जनाइएको छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता उत्कृष्ट बजार कर्मचारी र उत्कृष्ट शेयर सदस्यहरूलाई कदर र सम्मान पत्र पनि प्रदान गिरएके थियो ।