शनिबार, आश्विन १७ गते २०८३

चीसाे दिनदिनै बढ्दैछ , तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम पनि शुरू भयाे

मंसिर २०, २०७९ मंगलबार
चीसाे दिनदिनै बढ्दैछ , तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम पनि शुरू भयाे

काठमाडौं ।काठमाडौंको तापक्रम  लगातार घट्न थालेको छ । देशभर चिसो बढेको छ । तराईमा पनि हुस्सु लाग्न थालेको छ ।  देशभर यसरी चिसो बढ्दै गएकाे छ  ।

बढ्दाे चीसाेकाे सन्दर्भमा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री रहेकाे छ ।

ज्ञाता  मौसमविदहरूका अनुसार साँझ र बिहान निकै चिसो हुने गरेको छ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

   ज्ञाताहरूका अनुसार एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै हुन्छ । हाल पहाडी भूभागमा आंशिक बदली छ ।