बुधबार, भाद्र ३ गते २०८३

कृषि प्रधान नेपालमा कृषि पैठारी भयावहरूपमा बढेकाे स्थिति

मंसिर १७, २०७९ शनिबार
कृषि प्रधान नेपालमा कृषि पैठारी भयावहरूपमा बढेकाे स्थिति

नेपालकाे पछिल्लो आर्थिक सर्वेक्षणअनुसार देशकाे कूल जनसंख्याको ६०.४ प्रतिशत जनता कृषि पेशा अंगालेका छन् । एेतिहासकालदेखि नेपालले आफुलाई ‘कृषि प्रधान’ मुलुक भनेर चिनाउदै रहेको छ । कूल खेतीयोग्य भूमि करिब ३१ लाख ९५ हजार एक सय ७३ हेक्टर छ । तर यही मुलुक कृषिमा परनिर्भरताको पराकाष्ठामा पुगेर सीमा नाघेको छ ।

जनसंख्या थाेरै र उत्पदन बढी भएर सन् ६० को दशकमा नेपाल धान चामल निर्यात गर्ने मुख्य मुलुकमध्येमा रहेकाे थियाे । पछिल्लाे समय यही मुलुकले गत् आर्थिक बर्ष २०७८।७९ मा ३ खर्ब ४१ अर्ब ५१ करोड मूल्यबराबरको प्रमुख कृषिजन्य बस्तु विभिन्न मुलुकबाट आयात गरेको छ । भन्सार विभागको पछिल्लो तथ्याँकअनुसार नेपालले कृषिजन्य बस्तुमा आयात नगरेको कुनै बस्तु छैंन् । गएकाे आर्थिक बर्ष २०७८।७९ मा कूल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँको बस्तु आयात हुँदा यसमध्ये ३ खर्ब ४१ अर्ब ५१ करोड ७७ लाख रुपैयाँको प्रमुख कृषिजन्य बस्तुमात्रै आयात भएको हो ।

हाम्राे कृषिकाे यस्ताे अबस्थाले अहिलेसम्म कृषिमा होइन, बालुवामा लगानी भएको छर्लङ्ग भएकाे यस क्षाेत्रका ज्ञाता र अध्येताहरू उल्लेख गर्दछन्  । सरकारले कृषिलाई प्राथमिकता दिदैं गरेकाे दाबी गरिरहेकाे बेलमा यसरी डरलाग्दो र भयावह रुपमा कृषिजन्य बस्तुको आयात बढेको छ ।