यूक्रेनको युद्धमा ‘जनरल वीण्टर’को प्रबेशलाई लिएर अमेरिका र उसका सहयोगी देशहरुमा यतिबेला ठूलो आशंक ब्याप्त छ । यसका साथै यूरोपेली देशहरुमा पुटिनको ‘ऊर्जा बम’लाई लिएर पनि अहिले ती देशहरुमा भय ब्याप्त बनेका कुराहरु आइरहेका छन् । बृटेनको एउटा चर्चित पत्रिका ‘इकोनोमिस्ट’ले जाडोको यो मौसममा यूरोपेली देशरुमा ठूलो मानबीय त्रासदीको अनुमान लगाएको छ । ‘जनरल वीण्टर’भन्नाले सैन्य बिशेषज्ञहरुको तात्पर्य के हो भने जाडोको मौसमा रुस र यूक्रेनका सेनाहरुकोभन्दा ठूलो भूमिका त्यसको रहने छ ।युद्ध क्षेत्रमा आउँदा केही महिनामा तापमान निकै तल झर्नेछ । त्यतिबेला केही समयसम्म तापमान जम्ने बिन्दूभन्दा पनि निकै तल रहनेछ । यसको सिधा असर के हुन्छ भने सेनाको गति बिधि रोकिने छ । हुन त के पनि अनुमान गरिदैछ भने रुसले तीन लाख अतिरिक्त सैनिकहरुको जुन पंक्तिबद्ध गरेको त्यसको बलमा उसल यो मौसममा पूरा डोनबासमाथि कब्जा गर्ने सैन्य अभ्यास चलाउन सक्तछ । ’
युद्ध भूमिबाट सयकडौं माइल टाढा अबस्थित यूरोपेली देशहरुमा पुटिनको ‘ऊर्जा बम’ले ठूलो संकट पैदा गर्न सक्तछ । त्यो बृटिश पत्रिकाले आफ्नो एउटा पछिल्लो आलेखमा भनेको छ कि घरेलु उपयोगमा आउने गरेको ऊर्जाको बढ्दो मूल्यको मृत्यु दर बृद्धिसँग सोझो सम्बन्ध छ । त्यही पत्रिकाले अर्को के आश्चर्य चकित तुल्याउने निष्कर्श पनि प्रस्तुत गरेको छ भने यूक्रेन युद्धमा दुबै पक्षका जति सैनिक मारिए त्यसभन्दा कयौ गुणा बढी यूरोपेली नागरिकहरु ऊर्जाको मूल्य बृद्धिका कारणले अब धेरै ज्यान गुमाउने छन् । एउटा अनुमान अनुसार युद्धमा रुस र यूक्रेन प्रत्येक देशबाट २५ देखि ३० हजार सैनिक मारिएका छन् । अब यूरोपेली देशहरुमा ऊर्जा मूल्यमा बृद्धिका कारण आशंका के गरिदैछ भने करीब डेढ लाख मानिसले ज्यान गुमाउन सक्नेछन् । यो आगामी संकटलाई अनुमान लगाएर बृटेनले बिद्यूत महशुलमा अंकूश लगाइसकेको छ । यद्यपि यस ऊर्जा संकटबाट सबैभन्दा बढी मृत्यु इटलीमा हुने आशंका गरिएको छ । यो जाडोको मौसमका कारण कतिपय देशहरुमा यति बेला रुघा–खोकी(फ्लू)का बिमारीबाट पीडित रोगीहरु बढेका छन् । अहिले त जाडोको शुरुवात मात्र भएको छ र यस्ता रोगीहरु अझ बढ्नेछन् ।

बास्तवमा आफूमाथि आएको यो ऊर्जा संकटका लागि उनीहरु स्वयं जिम्मेवार छन् । ती देशहरुका लागि ऊर्जाको प्रमुख आपूर्तिकर्ता देश रुसमाथि प्रतिबन्ध लगाएर आफ्ना लागि उनीहरुले नै समस्या पैदा गरेका हुन् । यस क्रममा उनीहरुबाट रुसको पाइपलाईलाई बिस्फोटको माध्यमले क्षतिग्रस्त तुल्याइयो, जसबाट ग्यास आपूर्तिमा ब्यबधान खडा भयो । ग्यासको आपूर्तिमा जानाजान पैदा गरिएको यो ब्यवधानको स्वभाबिक परिणाम थियो कि बिद्यूत महशुल दरमा बृद्धि हुन्थ्यो नै । सरकारी उपायहरुबाट मूल्य बृद्धिलाई केही समयसम्म त केही नियन्त्रणमा राख्न सकिने थियो, तर लामो समयसम्म त्यसो गर्न सम्भव हुँदैन । यूरोपेली देशहरुलले अहिलेलाई साबधानीका लागि ग्यास र तेलको सुरक्षित भण्डारण गरेका पनि छन् जसले गर्दा संकटको सामना गर्न सकियोस् । तर यूक्रेन युद्ध अझ लामो समयसम्म चल्यो र लम्बियो भने त आउदो बर्षको जाडोको मौसम उनीहरुका लागि अत्यन्तै घातक सिद्ध हुने स्थिति टडकारो छ ।
अमेरिका तथा पश्चिमा देशहरुले यदि कूटनीति तथा बार्ताको सहारा लिए त यो जाडोको मौसमको कालखण्डमा युद्ध बिराम तथा शान्तिको पहल हुन पनि सक्छ । तर यतिबेला कुनै पक्षको तर्फबाट पनि यूद्धोन्मादी गतिबिधिमा कुनै कमी ल्याउने कतै संकेत देखापर्दैन । आउदो ५ डिसेम्बरदेखि जी–७ का देशहरु र यूरोपेली संघको तर्फबाट रुसको तेलमाथि दामबन्दी लागु हुनेवाला छ । यद्यपि के तय गरिएको छैन भने कुन देशले तेलको कति मूल्य तय गर्ने हुन् । दामबन्दीको उदेश्य के छ भने तेलको निर्यातबाट रुसले धेरै राजश्व हालिस गर्न नसकोस् । रुसका राष्ट्रपति पुटिनले पहिल्यै घोषणा गरिसकेका छन् कि रुसले कुनै पनि किसिमको मनोमानी दामबन्दीलाई स्वीकार गर्नेछैन । दामबन्दी लागु गर्ने देशहरुलाई तेलको आपूर्ति बन्द गरिने छ । पश्चिमा देशहरु र रुसका बीचको जारी यस तानातानी र रस्साकसीबाट रुस र भारत निकै नै प्रभावित हुने अडकल काटिदैछ ।
ती देशहरुमा नै यतिबेला रुसको सबैभन्दा बढी तेल निर्यात हुने गर्दछ । दामबन्दी लागु भइसकेपछि पश्चिमा देशहरुको बैंकले तेलको खरिद बिक्रीको भुक्तानी दिनेछैनन्, ट्यांकरहरुले रुसी तेलको ढुवानी पनि गर्ने छ्रैनन् । अनि बीमा कम्पनीहरुले ट्यांकरहरुको बित्तीय सुरक्षा कवचको काम पनि प्रदान गर्नेछैनन् । रुसका लागि सम्भब छैन कि उसले तत्कालै यसको बिकल्पमा अर्को ब्यवस्था गर्न सकोस् । भारतले पनि यो दामबन्दी स्वीकार गर्ने देखिदैन । यस सम्बन्धमा भारतका बिदेशमन्त्रले अरु देशको भरमा भारतले आफ्नो बिदेश नीति तय गर्दैन भन्ने हालै प्रष्ट पारेका र राष्ट्र र जनताको हित हेरेर नै बिदेश नीति सञ्चालन गर्नेछ भनेका छन् । चीनको त झन पश्चिमाहरुको यो जनघाती कुरा स्वीकार गर्ने छैन । यस स्थिति आफु कठिनाईको अझ डरलाग्दो भुवरीमा पर्नु पूर्ब नै युद्ध रोकियोस् र शान्ति छाओस् भन्ने कल्पना गरिरहेका छन् । तर शासकहरुको लहडले उनीहरुको त्यो मनको बास्तबिक कुरा स्वीकार गरिरहेको देखिदैन । यो नै यो युद्धको बिद्रूप पक्ष हो ।