काठमाण्डाै । पछिल्लाे संविधान जारी भए यता दोस्रो पटक हुन लागेको सङ्घीय र प्रादेशिक चुनाव अन्तर्गत अहिले बिहान मतदान शुरु भएको छ।
आज बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
देशका मतदान केन्द्रहरूमा आज क्यामेरा, मोबाइल, सलाई र लाइटर जस्ता वस्तुलाई निषेधित गरिएको निर्वाचन आयोगले बताएको छ।
यस सम्बन्धमा गत मङ्गलवार जनाए अनुसार कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो साथमा लगी मत सङ्केत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत गरिने छ।