शनिबार, आश्विन १७ गते २०८३

निर्वाचनका सम्मुख पनि नेपाली यूवाहरू विदेशिन बाध्य

मंसिर ३, २०७९ शनिबार
निर्वाचनका सम्मुख  पनि नेपाली यूवाहरू विदेशिन बाध्य

काठमाण्डाै । चलिरहेकाे आर्थिक वर्षको बितेकाे चार महिनामा मात्र दुई लाख ६५ हजार १८५ जना नेपाली यूवाहरू रोजगारीका लागि विदेशिएकाे बैदेशिक राेजगार बिभावका महानिर्देश उमाकान्त अर्यालले जनाएका छन् । यस क्रममा साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार र कात्तिक ७० हजारले श्रम स्वीकृति लिएका छन्। अहिले मलेसियालगायत कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग वृद्धि भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको बताइन्छ । पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या घटेर मलेसिया, स्वदेशमा रोजगारीकाे अभाबमा  ठूलो सङ्ख्यामा नेपाली यूवाहरू रोजगारीका लागि विदेशिने याे क्रम जारी छ।

OIP.jfif

देशमा अहिले  संसदकाे निर्बाचनका सम्मुख भए पनि  यूवाहरू  बिदेशिने क्रम भने राेकिएकाे देखिन्न । सत्तामा गइसकेका र रहिरहेका मूलधारका राजनीतिक दलहरूले हिजाे र अहिलेकाे चुनाव घाेषणापत्रमा पनि स्वदेशमै राेजगारी सिर्जना गरेर यूवा राेजगारी सिर्जना गर्ने गुड्डी हाँकेकाे भए पनि त्यसकाे कुनै पूर्बाधार अहिलेसम्म खडा गर्न सकेका छैनन् । बरू बैदेशिक गन्तब्य भेटिए के के न गरेकाे भनेर खुशी हुने गर्दै रहेका छन् । त्यसैले चुनाव प्रचारमा समेत निःशुल्क बिदेश पठाउने आश्वासन चुनावी सभामा पनि बाँड्दै हिडेकाे देखिएकाे छ ।