काठमाण्डाै । निर्बाचनको बहानामा दैनिक उपभोगका दाल, चामल, खानेतेल लगायतका हरेक बस्तुहरुको बजार मूल्य बढेर यतिबेला उपभोक्ताको ढाड सेकिएको छ । यसमा सरकारी नियामक निकाय चुपचाप बस्नु र कुनै कारबाहीको कदम नचाल्नुले पनि चुनावका बेला बजारकाप्रति आँखा चिम्लिएको देखिन्छ । चुनावका बेला चर्को मूल्य बृद्धि एउटा नियमित प्रकृया जस्तै बनिसकेको छ । चुनाव, चन्दा र कालो धनको बेहिसाब उपयोग यतिबेला हुने गरेको छ भन्ने कुरा बिगतका अध्ययनहरुले पनि देखाएको छ ।

अहिले बजारमा पोहोरको तुलनामा ३० प्रतिशत बढीसम्म खाद्यान्न दाल तेलको मूल्य बृद्धि भएको त ब्यापारीहरु नै बताउँदछन् । उनीहरु डलरको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेकोले पनि बाहिरबाट आउने हरेक सामानको मूलय बृद्धि भएको कुरा स्वीकार गर्दछन् । यस मूल्य बृद्धिले खाशगरुी दैनिक कमाई गरेर छाक टानु पर्ने न्यून र निश्चि आय बर्गमा उपभोक्ताहरुलाई अन्यन्तै चिन्तित तुल्याएको छ । सरकारले तुरून्तै हस्तक्षेपकारी भूमिका खेलेर मँहगीले पिल्सिएका जन समुदायलाइ राहत प्रदान गर्न र मूल्य नियन्त्रण गर्न जरूरी छ ।