शुक्रबार, कार्तिक ७ गते २०८३

 सरकारले तोक्यो धानको मूल्य, गत बर्षको तुलनामा २१५ रुपैयाँ बढी

कार्तिक २३, २०७९ बुधबार
 सरकारले तोक्यो धानको मूल्य, गत बर्षको तुलनामा २१५ रुपैयाँ बढी


सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष  २०७९/८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको हो ।

यो मूल्य  गत बर्षको  तुलनामा २१५ रुपैयाँ बढी हो ।त्यस्तै मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २२६ रुपैयाँ भन्दा बढी हो । सरकारले गत आर्थिक वर्ष २०७८/७९ को लागि मोटा धानको न्यूनतम समर्थन मूल्य २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो । 

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट धान खरिद हुने व्यवस्था रहेको  जानकारी दिए ।