शनिबार, आश्विन १७ गते २०८३

बुध्द एयरमा काठमाण्डाैबाट जाँदा १ जना तर बिराटनगरबाट फर्कदा ७० जना यात्री

कार्तिक १६, २०७९ बुधबार
बुध्द एयरमा काठमाण्डाैबाट जाँदा १ जना तर  बिराटनगरबाट फर्कदा ७० जना यात्री
काठमाण्डौं । यात्रुले कहिलेकाहीँ हवाइजहाजको टिकट चाहेर पनि खरिद गर्न पाउँदैनन् । अनि कहिलेकाहीँ हवाइजहाजले पनि यात्रु पाउँदैनन् । यस्ताे क्रम यदाकदा चलिरहन्छ । हिजाे बुध्द एयरमा पनि त्यस्तै भयाे ।

हुन त प्राय जसाे जहाज केही सिट खाली राखेर जहाज उड्ने कुरा नौलो होइन । तर बुद्ध एअर भने ७२ सिटको जहाज एउटा मात्रै यात्री लिएर काठमाण्डौबाट विराटनगर उडेको छ । मंगलबार बेलुका ८ बजे बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाजमा एक व्यवसायी उद्धव पौडेल मात्रै थिए ।

पाैडेलले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि त्याे सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । उनले लेखेका छन्, ‘काठमाण्डौबाट विराटनगरसम्मको बेलुकी ८ बजेको बुद्ध एअरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।’

बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले यस सन्दर्भमा जानकारी दिदै भनेका छन् - चाडबाडको समयमा कहिलेकाहीँ यात्रु नै नभइकन रित्तो जहाज पनि उडाउनुपर्ने अवस्था रहेको जानकारी दिएका छन्। अहिले काठमाण्डौबाट बाहिर जाने यात्रु नभएको र काठमाण्डौ फर्कने यात्रुको भने घुइँचो रहेको उनको भनाइ रहेकाेछ ।

‘हामीले कहिलेकाहीँ रित्तो जहाज उडाएको रेकर्ड पनि छ, मंगलबार पनि जम्मा एकजना मात्रै यात्रु हुनुभयो । तर सेड्युल अनुसार त उडाउनै पर्यो’, जोशीले भने, । एकजना यात्रु बोकेर विराटनगर गएको जहाजले फर्कँदा भने ७० जना यात्री बोकेर काठमाण्डौं आएको थियो ।

बुध्द एयर यात्रुहरूका लागि सामान्यतः सुरक्षित र समयमै उडान भर्ने मानिने गरेकाे छ ।