शनिबार, आश्विन १७ गते २०८३

डा.तोसिमाकाे उम्मेदवारी खारेज नगर्न सर्वोच्चको  आदेश

कार्तिक १५, २०७९ मंगलबार
डा.तोसिमाकाे उम्मेदवारी खारेज नगर्न सर्वोच्चको  आदेश
 
काठमाडौं । आज सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ ।
सर्बोच्च न्यायाधीश कुमार चुडालको एकल इजलासले आज मङ्गलवार कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
डा. कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकीले उनलाई लाभको पदमा कायम रहेको भन्दै उनको  उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध कार्कीले हिजो सोमवार सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।