नेपालमा असोजमहिनाको मध्यदेखि कोरोना भाइरस संक्रमणको तेश्रो लहर आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार प्रतिनिधि सभाको शिक्षा समितिको बैठकमा सचिव अर्यालले मुलुक कोरोना संक्रमणको तेस्रो लहरको पूर्वसन्ध्यामा अहिले रहेको जनाएका हुन् । पछिल्ला पाँचछ सातादेखि संक्रमण क्रमशः बढिरहेको र साउन महिनाभर यही दर कायम रह्यो भने तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको बुझ्नुपर्ने उनको धारणा छ ।
मन्त्रालयका सहसचिव गंगा लोहनीले मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको जनाएअनुसार छ । यद्यपि भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाले संक्रमणको जटिलता कम वा बढी हुनसक्ने उनले जनाए ।
खोप आउने क्रम जारी हरेको र असोजसम्म ३३ प्रतिशतसम्म खोप लगाइसकिने दावी सचिव अर्यालको छ । सरकारले चैत महिनासम्ममा २ करोड ६५ लाखलाई खोप लगाउने लक्ष्य राखेको छ ।