निर्वाचन आयोगद्वारा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्पष्टीकरण
काठमाण्डाै । निर्बाचन आयोगले आज सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन प्रचारप्रसारका क्रममा हेलिकप्टर प्रयोग गरेकाे खर्च सरकारी काेषबाट निकासा गरेकाे विषयमा स्पष्टीकरण सोधेको छ।

यसआयोगका सहप्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गरेकाे बिज्ञप्तिले प्रधानमन्त्री लगायत मन्त्रीहरुले हेलिकप्टर प्रयोग गरी विभिन्न स्थानमा गई निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित गतिविधि गरेकोले सरकारी कोषबाट रकम व्यहोर्ने गरी के कुन प्रयोजनको लागि हेलिकप्टर सेवा प्रयोग भएको छ भन्ने आयोगलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो।
आयोगले बिज्ञप्तिमा असोज १२ पछि सरकारका मन्त्री वा अन्य पदाधिकारीबाट हेलिकप्टर सेवा प्रयोग गर्दा लागेको खर्चको व्ययभार सरकारी कोषमा पर्छ, पर्दैन स्पष्ट गरी लेखी पठाउन निर्देशन दिएको छ।

