चीनको कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति शी जिनपिङ्ग पहिलादेखिनै अडकल र अनुमान गरिए जस्तै तेश्रो कार्यकालको चिनीयाँ नेतृत्व लिन सफल भएको चर्चा अहिले बिश्वभरी नै चलिरहेको छ। चीनको कम्युनिष्ट पार्टी र चिनीया कम्युनिष्ट आन्दोलन तथा बिश्व कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी दिग्दर्शक तथा चिनीया कम्युनिष्ट पार्टीका अध्यक्ष माओपछिका शक्तिशाली ब्यक्तित्वकोरुपा शीको चर्चा भइरहेको छ। चिनीयाँ कम्युनिष्ट पार्टीको १६अक्टोबर २०२२ देखि अक्टोबर २२ ग्रेट हल अफ द पिपुलमा चलेको यो बीसौं महाअबिधेशनले चीन र बिश्वको समेत बिकासका निम्ति नीति निर्धारण गरेको र यो अधिबेशनपछि चिनीयाँ नेतृत्व अझ सुदृढ भएको उल्लेख गरिदैछ ।
यो अधिवेशनले २२५ सदस्यीय केन्द्रिय समितिको चयन गरेको छ । यो नै चिनको मूख्य निर्णायक राजनीतिक संस्था हो । केन्द्रिय समितिमा शी समर्थकहरुको भारी बहुमत रहेको अनुमान जो कसैले गर्न सक्तछ । यो कुरा बीसौ अधिबेशनमा शीको हाउभाउ(बडी ल्यांगुएज)ले पनि दर्र्शाको पश्चिमा सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि महाधिवेशन समापन समारोहका दिन सभाकक्षबाट चीनका पूर्ब नेता तथा राष्ट्रपति हू जिन्ताओका अस्वाभाबिक बहिर्गमन देखिएको र त्यो सत्ता संघर्षको अभिब्यक्ति हुनसक्छ भन्ने पश्चिमा सञ्चार माध्यमहरुले प्रश्न उठाएका र आशंका गरेका छन् ।
बर्तमान राष्ट्रपति शीले २०१२ मा चीनको सत्ता सम्हालेका थिए । त्यसयता उनको नेतृत्वमा चीनको अर्थतन्त्रलाई चौतर्फीरुपमा सफल र उन्नत तुल्याउन तथा चिनीया सेनालाई सबल तुल्याउन महत्वपूर्ण भूमिका खेलेर चीनको अर्थतन्त्र सेनाको समुन्नतिमा अपूर्ब प्राण फुकेको मानिएको छ । साथै अन्तर्राष्ट्रिय मञ्चमा पनि चीनको ब्यक्तित्व अझ माथि उठाउन थप योगदान दिएको श्रेय पनि शीलाई दिइन्छ । शीको यस अघि बितेको कार्यकालको क्रममा नै अमेरिकाले चीनको बढ्दो अािर्थक र सैनि शक्तिलाई रोक्ने योजना बनाएको र तयारी गरेको थियो । राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र अहिलेका जो बाइडेन चीनलाई नियन्त्रणको दायरामा राख्न खोज्ने बिशेष रणनीति नै अख्तियार गरेका र त्यसका लागि बिशेष जोड दिएका थिए । अमेरिकी–इण्डो प्यासिफिक नीतिको पनि उदेश्य चीनलाई एउटा निश्चित सीमामा रोक्नु नै थियो । जस अन्तरगत अमेरिकाले, भारत, जापान र अष्ट्रेलियको समेत साथ सहयोग लिएर एक चौगूट(क्वाड) बिचार बिमर्श मञ्च पनि ब पनि बनाएको थियो ।अकोतिर बृटेन र अष्टे«लियासँग मिलेर अर्को संगठन ‘ओकस’ पनि निर्माण गरेको छ । बिगतमा पनि यी सबै प्रतिकूलताकाक बिरुद्ध शी जिनपिङ्गले संघर्ष गर्नु परेको थियो र आगामी दिनका चुनौतिहरु प्नि यस्तै हुन सक्छन् । प्रतिकूलता रहँदा रहँदै पनि बिश्व सम्बन्धलाई सकरात्मक दिशा दिन उनले अथक प्रयत्न गरेका छन् ।
बितेका केही बर्षयताका घटनाक्रमहरु ह्ेर्दा प्रष्ट हुन्छ कि चीनले एशियाली कतिपय देशहरुसँगको सहयोग सम्वन्ध गुमाउ पनि परेको थियो । यो चीन सागरको समस्यालाई लिएर बिभिन्न देशहरु जस्तै जापान, कोरिया, भियतनाम लगायत आशियानमा आबद्ध अन्य कतिपय देशहरुसँग चीन सागर र त्यसका वरिपरीका क्षेत्रहरुलाई लिएर चीनको आशंका र बिबाद रहेको देखिन्छ । गलत पश्चिमा प्रचार र उक्साहट भइरहे पनि चीन धैर्यता र दृढताकासाथ यी समस्या बार्ताद्वारा ऐतिहासिक सबूत प्रमाणका आधारमा टुंग्याउन अग्रसर छ ।
चीनले ताइबान समस्या पनि शान्तिपूर्ण तरीकाले हल गर्ने कुरा दोहोर्याइरहेको छ र केही नलागे बल प्रयोगलार्य पनि नकार्न नसकिने कुरा पनि प्रष्टरुपमा राखेको छ । यसमा पनि चीन निकै सतर्कताकासाथ लागिरहेको छ । पछिल्लो समय अमेरिकाकी सभाध्यक्ष र तेश्रो बरियातकी नेत पेलोसीको ताइबान भ्रमणले ठूलो तनाव सिर्जना भएको थियो । अमेरिकाले एक चीन नीतिको प्राबधानको पालना नगरेको र चिनको अभिन्न अंग रहेको ताइबानलाई चीनका बिरुद्ध उक्साउने कार्य गरेको भनेर निकै ठूलो र कडा प्रतिबाद पनि गरेको थियो ।
अहिले चलिरहेको यूक्रेन युद्धका बेला पनि चीनको भूमिकालाइ लिएर पश्चिमा देशहरु प्राय एकजुट भएर एकता प्रदर्शन गर्न पछि परेका छैनन् । तर लम्बिदो यो युद्धले पश्चिमा देशहरु खाशगरी यूरोपको जन जीवनलाई ठूलो असर पारिरहेको छ र तिनको गलत नीति र गतिबिधिले गर्दा त्यहाँका जनताको ठूलो बिरोध पनि झेल्नु परिरहेको छ । नाटो बिस्तार नगर्ने अमेरिकी प्रतिबद्धताको पालन नहुँदा रुस र यूक्रेन बीच युद्ध चलेको ७ महिना बित्न लागेको छ । तर यसको कुनै समाधान निस्किएको छैन । यो युद्ध चलिरहँदा एशियातर्फ युद्धकाके अर्को मोर्चा खोलिएमा त्यो अमेरिका र पश्चिमा शक्तिहरुकै लागि आत्मघाती हुने धेरैको बिश्लेषण छ । यसरी शी जिनपिङका आगामी पाँच बर्ष आन्तरिक र बाह्य दुबै चूनौतिको सामना गर्दै जानुपर्ने देखिएका छन् । बिश्वको दोश्रो महाशक्ति बनिसकेको चीनले सफलता पाउने साझा बिश्वका साझा समस्याको समाधान खोज्नमा सहयोग पुग्ने आशा गर्न सकिन्छ