शनिबार, आश्विन १७ गते २०८३

डा.ओम गुरुङ्गको ७० बर्षको उमेरमा क्यान्सरबाट निधन

कार्तिक १, २०७९ मंगलबार
डा.ओम गुरुङ्गको ७० बर्षको उमेरमा क्यान्सरबाट निधन

काठमाडौं । नेकपा(क्रान्तिकारी  माओबादी) का सल्लाहाकार समितिका अध्यक्ष, जनजाति महासंघका पूर्ब अध्यक्षा तथा मानवशास्त्री प्रा.डा. ओम
गुरुङको निधन भएको छ । उहाको निधनले कम्युनिष्ट आन्दोलनले एकजना बौध्दिक ब्यक्तित्व गुमाएको छ । ७० वर्षका गुरुङको हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारका क्रममा हिजाे अपरान्ह निधन भएको हो । 

 त्रिवि त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला गुरूङ्गले नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।

त्रिवि मा ३६ वर्ष अध्यापन गर्नुभएका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख समेत भएर रहनुभएको थियो । उहाँको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो । गुरुङका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।