पोखरा । यहाँ जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत महिला ह्याण्डबलको उपाधि त्रिभुवन आर्मीले हात पारेकाे छ ।
आज शनिबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक आर्मीले जितेको हो । खेल सकिन दुई मिनेट बाँकी छदाँ १५–१६ स्थितिमा पछि परेको आर्मीले दुई मिनेटमा दुई गोल गर्दै स्वर्ण पक्का गरेर अधिकार जमायाे ।
खेलकाे पहिलो हाफमा ९–८ गोलले मात्रै अग्रता लिएको आर्मी १४–१४ स्कोरमा निकै रोचक प्रतिस्पर्धा भएको थियो । एक गोलले पछि रहँदै आएको सशस्त्रले १६–१४ को स्थितिमा अग्रता समेत लिएको थियो । तर अग्रतालाई जोगाउन नसक्दा अन्तिम समयमा १७–१६ को स्कोर गुमाउँदै सशस्त्र प्रहरीले रजत पदकमा खुम्चिन पुग्यो ।