शनिबार, आश्विन १७ गते २०८३

प्रधानमन्त्रीले आफ्ना चार केन्द्रिय मन्त्री हटाए पछि जसपाले पनि प्रदेशका तीन काग्रेसी मन्त्री हटायो

आश्विन २८, २०७९ शुक्रबार
प्रधानमन्त्रीले आफ्ना चार केन्द्रिय मन्त्री हटाए पछि जसपाले पनि प्रदेशका तीन काग्रेसी मन्त्री हटायो

काठमाडौं । प्रधानमन्त्री देउबाले आफ्ना पार्टीका चार जना केन्द्रिय मन्त्रिहरु बर्खास्त गरेको २४ घण्टा नबित्दै जनता समाजबादी पार्टीले पनि प्रदेश स्तरका तीनजना काग्रेस पार्टीका मन्त्रीहरुलाई प्रदेश सरकारबाट निस्काशन गरेको छ । 

हामीले अहिले कांग्रेसका तीन जना मन्त्रीलाई मात्रै हटाएका छौं’, जसपाका प्रवक्ता मनिष सुमनले भनेका छन्, ‘माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूका सम्बन्धमा तत्काल केही निर्णय भएको छैन।’

दुइ नम्बर प्रदेशका मूख्य मन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह र खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मालाई बर्खास्त गरेका छन् ।

3-mantri-madhesh-copy.jpg

मंसीर ४ गते हुन लागेकाे चुनावमा सत्ता गठबन्धनमा रहेको जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रत दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सरकारबाट जसपाका  मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मृगेन्द्कुमार सिंह यादब, माेहम्मद इस्तियाकराई र प्रदीप यादबलाई हिहजाे पदमुक्त गरेका थिए ।

-four-ministers-of-Jaspa.jpg

प्रदेश सरकारमा रहेका काग्रेस बाहेकका गठबन्धनका अन्य घटकका मन्त्रीहरू बारे अहिले कुनै निर्णय नगरिएकाे पनि प्रबक्ता मनिष सुमनले जानकारी दिएका छन् ।