धानमा बाला नलागेको, फड्के किरा लागेर नोक्सान पुगिरहेकाे गुनासो धेरै पटक गर्दा पनि सम्वन्धित निकायले नसुनोके र आलेटाले गर्दै रहेको गुनासाे चित्तवन र नवल परासी जिल्लाका मार्कामा परेका किसानहरुले गरेकाे र त्यस समस्याप्रति चार किसान संगठनका नेताहरुले चिन्ता ब्यक्त गरेका छन् । यसरी किसान समस्याप्रति चिन्ता र चासो लिएर किसानका समस्य हल गर्न जोड दिने किसान नेताहरुमा अखिल नेपाल किसान यूनियनका इञ्चार्ज लोकनारायण सुबेदी, अखिल नेपाल किसान महासंघ(क्रान्तिाकरी)का अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरबराज रेग्मी र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसी रहेका छन् ।
संयुक्त बक्तब्य यस प्रकार छ :
नेपाली किसानहरु कृषि र गैर कृषि क्षेत्रका अनेक गम्भीर समस्याबाट आक्रान्त छन् । बाढी, पहिरो र डुबानको मारमा पनि उनीहरु नै बर्षेनी पर्दै आएका छन् । दुर्घटनाबाट प्रायजसो किसानले नै जीवन लिला अकालमा समाप्त गर्नु परेको र ठूलो धनजनको क्षति ब्यहोरहेको गम्भीर र सम्बेदनशील स्थिति छ । खडेरी र खण्ड बृष्टिको मार पनि उनीहरुले नै बेहोर्दै आएका छन् ।
हालै चित्तवनका किसानहरुले उन्नत, सुरक्षित र गुणस्तरीय धानको बिउ नपाउँदा उनीहरु लगाएको धानबालीमा बाला नलागेर धान फोस्रिएर गएको गुनासो उनीहरुले गरेका छन् । त्यसमाथि फड्के किराले पनि ठूलो मात्रमा धानबालीमा क्षति पुर्याएको कुरा पनि उनीहरुले उठाएका छन् । यस्तो स्थितिमा खाद्य सम्प्रभूता र खाद्य सुरक्षाको कुरा कागजमा मात्र सीमित हुने र ठूलो खाद्य संकट उत्पन्न हुने समस्या एकातिर टड्कारोरुपमा देखिएको छ भने अर्कोतिर किसानहरुका बर्षौंदेखिका समस्याहरु समाधान हुनेभन्दा पनि अझ जटील बनेर जाने स्थिति निरन्तर रहेको छ ।
यस्तो अवस्थामा किसानका समस्यालाई लिएर साझारुपमा लड्दै र सशक्त आवाज आएका नेपालका चार किसान संगठनहरु अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघ अत्यन्तै गम्भीर, सम्बेदनशील र चिन्तित बनेर सरकारलाई तत्काल चित्तवनका मार्कामा परेका किसानको धानबालीमा यस्तो समस्या किन आएको हो त्यसको सही निष्पक्ष र बिश्वासिलो छानबिन गरेर प्राकृतिक प्रकोप र परनिर्भरताको मार्कामा परेका किसानहरुलाई यथेष्ठ राहत प्रदान गर्न, आबश्यक क्षतिपूर्ति दिन, किसानका समस्या हल गर्न र यस्ता समस्या फेरि फेरि दोहोरिन नदिन राज्यसँग पुन: जोडदार माग गर्दछौ । मार्कामा परेका किसानहरुका समस्यालाई सही किसिमले समाधान गर्ने कदम तत्काल अघि नबढाएमा पीडित किसानहरुका समस्यालाई लिएर आन्दोलनमा उत्रिनुको कुनै बिकल्प नभएको पनि हामी प्रष्ट पार्न चाहन्छौ।
बक्तब्य याे तलकाे पीडीएफ खाेलेर पनि हेर्न सक्नु हुन्छ ।
char kisanko birodh.pdf :To download file click here