शनिबार, कार्तिक ८ गते २०८३

प्रतिष्ठाबिना स्वतन्त्रता हुँदैन,न्यायबिना प्रतिष्ठा पाईँदैन र स्वतन्त्रताबिना कोही मुक्त मानव हुनसक्दैन : प्याट्रिस लुमुम्बा

आश्विन २२, २०७९ शनिबार
प्रतिष्ठाबिना स्वतन्त्रता हुँदैन,न्यायबिना प्रतिष्ठा पाईँदैन र स्वतन्त्रताबिना कोही मुक्त मानव हुनसक्दैन : प्याट्रिस लुमुम्बा

patrice_lumumba.jpg

चन्द्रमणि गाैतम

प्याट्रिस एमरी लुमुम्बा (१९२५–१९६१) अफ्रिकी मुलुक कङ्गोका स्वतन्त्रता नायक र पहिलो निर्वाचित सरकारप्रमुख हुन् । कंगोलाई बेल्जियमबाट स्वाधीन गराउनमा लुमुम्बाको सर्बोच्च भूमिका थियो । तर १९६० मा कंगोले स्वाधीनता हासिल गरेको ३ महिना नबित्दै कंगो संकटले नामुद अवधिमा लुमुम्बाको सरकारलाई काटाङ्गन पृथकतावादी विद्रोहीहरूबाट अपदस्थ गरियो ।

लुमुम्बाले सोभियत संघको सहयोगका लागि गुहार मागेका थिए । यसले गर्दा राष्ट्रपति जोसेफ कासाबुबु र प्रधानसेनापति जोसेफ डिजाएरे मोबुतुसँग पनि सम्बन्ध टाढियो । अन्तःत लुमुम्बालाई गिरफ्तार गरी फाँसी दिइयो ।

राष्ट्रसंघ महासचिव ड्याग ह्यामरस्क्योल्डको अफ्रिकी मुलुक कंगोको संकट (द्वन्द्व) मा राष्ट्रसंघको तर्फबाट युद्धविराम गराउने प्रयासका लागि जाँदा आजको जाम्बियामा हवाई दुर्घटनामा परेर ५६ वर्षको उमेरमा १५ जना यात्रुसहित परलोक भएका थिए ।

प्याट्रिस लुमुम्बाको सम्झनामा तत्कालीन सोभियत संघले मास्कोमा उनकै नामको विश्वविद्यालय नै स्थापना गर्यो ।

मैले पहिलोपटक उनको नाम सुनेको धेरै वर्षअघि इटहरी चोकैमा काठको चारतले घरमा एउटा रेस्टुरेन्ट थियो "योरुपा होटल" (सबभन्दा तलको फोटो) । त्यसमा एउटा क्याराम बोर्डमा पेन्टरलाई लेखाएर "प्याट्रिस लुमुम्बाको पत्र" शीर्षकमा चिठीलाई मार्मिक कविताको रुपमा टाँगिएको थियो । सबै कविता त बिर्सिइयो, त्यसको पहिलो हरफ मा लेखिएको थियो, "मेरो रगतले कांगो देश नै ब्युँझिन्छ भने / म किन कासा बुबुसँग क्षमा मागुँ ? / मेरो समर्पणमा साथीहरु मर्न तयार छन् भने / म कसरी बेइमानी गरुँ......" इत्यादि ।

पछि मेरा आदरणीय काका नारायण गौतमले रुसबाट इन्जिनियरिंग पढेर आएपछि लुमुम्बाको बारेमा धेरै कुरा थाहा भयो ।

उक्त भनाई लुमुम्बाले बन्दी अवस्थामा आफ्नी पत्नीलाई लेखेको पत्रमा उल्लेखित छ । उक्त पत्र ‘उपनिवेशवादीहरूको राक्षसी अपराधबारेको सत्य’ (Patrice Lumumba, The Truth about a Monstrous Crime of the Colonialists) नामक पुस्तकको पृ. २३०–३१ मा उल्लेखित छ, जुन पुस्तक मास्कोको विदेशी भाषा प्रकाशन गृहद्वारा १९६१ प्रकाशित भएको थियो । संसार हल्लाएको पत्र थियो त्यो–

" Without dignity there is no liberty, without justice there is no dignity, and without independence there are no free men." 

साभार - गाैतमजीकाे मुहारपुस्तिका