शनिबार, आश्विन १७ गते २०८३

बर्दियामा बबई र बाँकेमा राप्ती नदीको बाढीले सयौं घरहरु डुबानमा परे

आश्विन २०, २०७९ बिहीबार
बर्दियामा बबई र बाँकेमा राप्ती नदीको बाढीले सयौं घरहरु डुबानमा परे


बर्दिया । बबई नदीमा ठूलो बाढी आएर खतराको बिन्दूभन्दा माथि जल स्तर पुगेपछि त्यहाँका दर्जनौं बस्तीका घरहरु डुवानमा परेका र मानिसहरुले बिद्यालय लगायत आफ्ना सर सामान लगेर जोगिने प्रयास गरेको स्थानी गुलरियाका स्थानीय राजनीतिर्मी बद्री बिशाल यादबले बताएका छन् । 

babai-badi.jpg

त्यसरी नै राप्ती नदीमा आएको बाढीबाट १५० भन्दा बढी घर डुबामा परेको समाचार छ । डुडुवा सगाउँमा मात्रै दर्जनौं घर डुबानमा परेर घर परिवार बिचल्लीमा परेको बताइएको  छ । दुबै जिल्लामा प्रहरी र सशस्त्र प्रहरी जन उद्धारमा लागेको समचार छ ।

badi-duban2.jpg

भारी बर्षाले बाढी पसे पछि नेपालगञ्ज-गुलरिया जाने सडकमा गाडी चल्न पनि बन्द भएकाे बताइएकाे छ । लगाताराके अबिरल बर्षाका कारणा तराइ क्षेत्रमा डुबान र पहाडमा पहिराेका कारण धनजनकाे क्षति भएकाे र हुने सम्भावना बढेकाे माैसमका जानकारहरू बताउँदछन्र ।bake.jfif