बारा । देशको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६००ख ०२१० नं को बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेब गौतमले जानकारी दिएका छन् ।
दुर्घटनास्थलमा १० तथा ५ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जानकारी हुन आएको छ । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ । गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान गरिरहेको छ । मृत्यु हुनेहरूमा ९ महिला र ६ पुरूष रहेको बताइएको छ । तर । मृतकको सनाखत हुन भने बाँकी छ ।