कोभिड–१९ ले प्रभावित पर्यटन व्यवसाय पुन सुचारु तथा नेपालमा पर्यटन सिजन शुरु हुन लागेको समयमा नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) नेपाली पर्यटन व्यवसायीहरूको सहभागितामा बंगलादेशको ढाकामा यहि सेप्टेम्बर २९ देखि अक्टोवर १ सम्म आयोजना हुने नवौं एशियन टुरिजम फेअर (मेला)मा सहभागी भएको छ । एशियन टुरिजम फेअर वंगलादेशमा हरेक वर्ष आयोजना हुने एक महत्वपूर्ण कार्यक्रम भएको र उक्त कार्यक्रममा विश्वका विभिन्न देशहरूबाट पर्यटन व्यवसायीहरुले आ–आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्न प्रदर्शन गर्ने, वि टु वि तथा वि टु सि सञ्चालन हुने छ भने उक्त कार्यक्रमको आयोजना बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको सहकार्यमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, वसुन्धरा वंगलादेशमा गर्ने गरिएको छ ।
यस वर्षको प्रर्दशनिमा नेपालबाट १२ पर्यटन व्यवसायीहरु सहभागी हुन वंगलादेश प्रस्थान गर्नुभएको छ । नाट्टाका तर्फवाट कार्यक्रम संयोजन कार्यसमितिका वरिष्ठ उपाध्यक्ष श्री प्रमोद दाहाल तथा सह संयोजन कार्यसमिति सदस्य श्री श्रद्धा जोशीले गर्नु भएको छ । बंगलादेश प्रस्थान गर्ने नेपाली टोलीको नेतृत्व वरिष्ठ उपाध्यक्ष श्री प्रमोद दाहालले गर्नुभएको छ ।

कार्यक्रममा सहभागी हुन जाने व्यावसायीहरुको टोलीलाई नाट्टा अध्यक्ष श्री रमेश थापा, निवर्तमान अध्यक्ष श्री अच्यूत गुरागाई र महासचिव श्री कुमारमणी थपलियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खादा ओडाई बधाई तथा सफलताको शुभकामनाका सहित विदाई गर्नुभयो ।
सदा भैm यस बर्ष पनि कार्यक्रममा सहभागीताको लागी नाट्टाले नेपाल पर्यटन वोर्डसंग सहकार्य गरेको र कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट प्रदर्शनी गरिने भएको छ । यस वर्षको कार्यक्रममा आयोजकले नेपाललाई पार्टनर कन्ट्रीको रूपमा स्थान उपलब्ध गराएको छ । कार्यक्रम अंतर्गत ंबंगलादेश स्थित नेपाली राजदुतावासले नेपाली व्यवसायी लगाएत विभिन्न देशका पर्यटन व्यवसायीको प्रतिनिधी तथा कार्यक्रम आयोजक र पत्रकारलाई रात्री भोज सहित नेपाल नाइटको आयोजना गर्ने छ ।