शनिबार, आश्विन १७ गते २०८३

शताब्दी पुरुष सत्य मोहन जोशीलाई देंगु संक्रमण भएर अस्पताल भरना

आश्विन ८, २०७९ शनिबार
शताब्दी पुरुष सत्य मोहन जोशीलाई देंगु संक्रमण भएर अस्पताल भरना

(फोटो : फाइल)

काठमाडौं ।आज शताब्दी पुरुष सत्य मोहन जोशी देंगु संक्रमण र पिसाव सम्वन्धि राेगले अस्वस्थ्य भई किष्ट अस्पताल भर्ना गरिएका छन् । याे संक्रमणसँगै उनलाई कमजोर, खानामा अरुचि र अस्वस्थ महसुस भएको अस्पतालले जनाएको छ । पुरानो राेग मुटुको समस्या पनि देखिएकोले उनलाई हाल सुक्ष्म निगरानीमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएकाे छ ।

अस्पतालले जारी गरेकाे बिज्ञप्तिमा  भनिएको छ, ‘अस्पतालका चिकित्सक तथा नर्सिङ्ग टिम उहाँको निवास पुग्दा हिजोभन्दा आज अझै कमजोर देखिएको र खानपीन पनि छोड्नु भएकाले सोही चिकित्सकीय टोलीद्धारा उहाँलाई यस अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो। तत् पश्चात श्री जोशीलाई विभिन्न विभागका चिकित्सकद्धारा संयुक्त जाँच गरी विभिन्न प्रयोगशाला परीक्षण जाँच गरिएको थियो।’

जोशीको अवस्था चिन्ताजनक देखिएपनि अहिले आत्तिहाल्नु नपर्ने पल्मोनोलोजिस्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्रा.डा मिलेस जंगसिजापतिले बताएका छन्।

Kisthospital.jpg