शनिबार, आश्विन १७ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीकाे ७४औं स्थापना दिवस मनाइदै गर्दा

भाद्र ३०, २०७९ बिहीबार
नेपाल कम्युनिष्ट पार्टीकाे ७४औं  स्थापना दिवस मनाइदै गर्दा

नेपाल कम्युनिष्ट पार्टीको ७४औं बर्ष प्रवेश – १५ सेप्टम्बरको ऐतिहासिक अबसरमा देश र नेपाली जनताको मुक्ति र प्रगतिका निमित्त मार्गदर्शन गर्ने तथा अनबरत अथक संघर्ष गर्ने नेपाली सर्बहारा बर्गका महान नेता कमरेड पुष्पलालप्रति सर्बप्रथम उच्च सम्मानकासाथ हार्दिक अभिबादन !
कमरेड पुष्पलालले जुन नेपालका तीनवटा मूख्य र अनिवार्यत: समाधान हुनुपर्ने समस्या नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखिनै प्रष्ट औल्याउनु भएको हो – सामन्तबाद, साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवाद(जसलाई हैकमबाद, प्रभूत्वबाद र बिस्तारबादकारुपमा पनि अभिब्यक्त गरिन्छ ।सँग  नेपाल र नेपाली जनताको आधारभूत अन्तरबिरोधका समस्या ती समस्या हल नभइ नेपाल अघि बढ्न सक्तैन ।यी कम्युनिष्ट आन्दोलनका समस्या मात्र होइनन््, नेपाल र नेपाली जनताका मुक्ति र प्रगतिका मूख्य बाधक कुरा हुन् भन्ने यथार्थ आज झन पछि झन प्रष्ट हुँदै आएका छन् र झन चर्किएका छन् । 
नेपालमा अभूतपूर्बरुपमा बढ्दो बाह्य हस्तक्षेप, त्यसका सामु बिद्यमान सामन्ती दलाल पूँजीवादी सत्ताको आत्मसमर्पणबादी लाचारी र निरीहता र परिणामत: नेपालको सार्बभौमिक अखण्डता, अक्षुण्णता, स्वाधीनता तथा नागरिक स्वतन्त्रता झनपछि छन् गम्भी खतरामा पर्दै जानु र शोषित पीडित श्रमजीवी जनताको संघर्ष झन जटील बन्न पुग्नुले प्रष्ट पार्दछ ।


अत: आज हामीले देश र जनता रक्षा गर्न र बर्तमान क्रान्तिको कार्यभार पूरा गर्न  माक्र्सबाद लेनिनबाद माओचिारधाराका आधारमा बिद्यमान नेपालको उत्पादन सम्वन्ध, उत्पादनका साधनहरुको स्वामित्वको स्थिति र उत्पादक शक्तिको अबस्थाका आधारमा समस्याको सही पहिचान र निर्णायक समाधानको सही बाटोको खोजी गरिनु पर्दछ र यी समस्या हल गर्न सम्पूर्ण क्रान्तिकारी शक्ति केन्द्रित हुनु पर्दछ । यही नै क्रान्तिका समस्या हल गर्ने  सही बाटो हो । अरु कुनै बनिबनाऊ बाटो छैन । यी कुरालाई आत्मसात गर्दैै र शोषित पीडित जन समुदायलाई गोलबन्द गर्दै अघि बढौं !
मार्क्सबाद लेनिनबाद माओ बिचारधारा जिन्दाबाद !
नेपाल कम्युनिष्ट पार्टी जिन्दाबाद
सामन्तबाद साम्राज्यबाद मूर्दाबाद
कमरेड पुष्पललाल अमर रहुन् 
सम्पूर्ण शोषित पीडित जन मुदाय एक होऔं
संयुक्त जन आन्दोलन जिन्दाबाद
 लाल सलाम !

आज सम्पन्न पार्टी दिवस जुम कार्यक्रममा पार्टी अध्यक्ष लोकनाराायण सुबेदी, उपाध्यक्ष भिमप्रसाद सेढाई, सचिव द्वय महेन्द्र जोशी र रामदुलार महतो, कोषाध्यक्ष सीता सुबेदी, सचिवालय सदस्य बद्रीनाथ अधिकारी, देन्द्रिय सदस्यहरु प्रबीण जोशी, देबीप्रसाद आचार्य नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको धेय र उदेश्य, कमरेड पुष्पलालब्काके ऐतिहासिक महत्वको भूमिका तथा बर्तमानमा आएका बिकृति र बिसंगति र यसलाई चिर्दै अघि बढ्नु पर्ने आवश्यकताका बारेमा ब्यपक बिचार बिमर्श गरिएको थियो ।