शनिबार, आश्विन १७ गते २०८३

दमनकारी किसानमारा सरकार माफी माग, क्षतिपूर्ति दे – ६ किसान संगठन

भाद्र २८, २०७९ मंगलबार
दमनकारी किसानमारा सरकार माफी माग, क्षतिपूर्ति दे – ६ किसान संगठन


काठमाण्डौ । मीटर ब्यजी ठगहरुले घरबास उठीबास पारेर न्याय माग्न बिभिन्न जिल्लाबाट काठमाण्डौ आएर संघर्षरत मिटर ब्याज पीडित किसानहरुमाथि रगतपच्छे  हुने गरी लाठी बर्षाएर जुन निर्मम दमन बर्तमान सरकारले गरेकाे छ त्यसको ६ किसान संगठनले घोर निन्दा र भर्त्सना गरेको छ । दमनकारी यो हर्कतप्रति किसान समक्ष सार्बजनिक माफी माग्न, पक्राउ परेका बिसानहरुलाई तत्काल रिहा गर्न र घाइतेहरुको नि:शुल्क उपचार गर्न तथा उनीहरुका समस्या हल गर्न मिटरब्याजे अपराधीहरुमाथि कडाभन्दा कडा कारबाही गर्न बक्तब्यमा जोडदार माग गरेको छ ।

संयुक्त बक्तब्य दिने किसान संगठनहरूमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघ रहेका छन् । संयुक्त बक्तब्यमा चित्रहादुर श्रेष्ठ, बलराम बास्कोटा, भैरबराज रेग्मी, सीताराम तामाङ्ग, लोकनारायण सुबेदी र दुर्गाप्रसाद जैसीले हस्ताक्षर गरेका छन् ।  बक्तब्यको पूर्ण पाठ निम्नानुसार छ :

Joint statement.jpg