मिटर ब्याजे ठगहरुबाट आक्रान्त भएर आफ्नो गरिखाने जग्गा जमिन गुमाइसकेका र गुमाइरहेका पीडित किसान परिबारका सदस्यहरु न्याय माग्न बिभिन्न जिल्लाबाट काठमाण्डौ आएर महिनौं दिनदेखि संघर्षरत रहेका बेला तिनका समस्या समाधान गर्नुको साटो उल्टै मिटिर ब्याजे ठगहरुको साथ दिएर संघर्षरत किसानहरुमाथि निर्मम दनम गर्ने सरकारको अखिल नेपाल किसान यूनियन घोर निन्दा र भर्त्सना गर्दछ । किसानको घरबास उठिबास गराउने किसान मारा गठहरुको संरक्षण गर्ने र पीडित किसानलाई दबाउने सरकारको जति निन्दा र भर्त्सना गरे पनि कमै हुन्छ ।

अखिल नेपाल किसान यूनियन न्याय माग्ने किसानमाथि दमन गर्ने सरकारले सार्वजनिकरुपमा संघर्षरत किसान समक्ष क्षमा याचना गरोस् घाइतेहरुको नि:शुल्क उपचार गरोस्, पक्राउ परेका किसानहरुको तत्काकल रिहाइ गरोस् कीर्ते गरेर ठगीमा परेका किसानहरुको खोसिएको जग्गा फिर्ता गरियोस् र समस्याको सही समाधान गरोस् भन्ने जोडदार माग गर्दछ । अन्यथा सम्पूर्ण किसानहरु र किसानको हितमा काम गर्ने अग्रगामी शक्तिहरु एकजुट भएर संघर्षमा उत्रनुको कुनै बिकल्प नरहेको यथार्थ अखिल नेपाल किसान यूनियन औंल्याउँदछ ।