काठमाण्डाै । राष्ट्रघाती एमसीसी सम्झौता, एसपीपी सहमति बिदेशी जनसंख्या अतिक्रमण बढाउने खालको पछिल्लो नागकिकता बिधेयक खारेजीको निम्ति संघर्षर पाँच बाम शक्तिहरु नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(मसाल) राष्ट्रिय अधिबेशन आयोजक समिति, नेकपा(बहुमत) र संयुक्त क्रान्तिकारी मोर्चाले यही भाद्र २६ गते अपराह्न काठमाणैमा संयुक्त बिरोध जुलुस तथा सभा गर्ने निर्णय गरेकाे छ ।
यस सम्बन्मा पाँच बाम शक्तिको संयुक्त बैठकले एक संयुक्त प्रेस बिज्ञप्ति निकाल्दै अमेरिकी साम्राज्यबाद र भारतीय प्रभूत्वबादको पिछलग्गु बनेको नेपालको संसद नेपाली जनता र राष्ट्रको हित गर्ने संसद नभई यो बिदेशीको अखडामा परिणत भएको र यसले देशको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको हक हितको रक्षा गर्न सक्तैन । त्यसैले सबै जिम्मेवार तथा निष्ठाबान देशभक्त, लोकतान्त्रिक, बामपन्थी र कम्युनिष्ट शक्ति तथा ब्यक्तिहरु सचेत र संगठितरुपमा संघर्षमा उत्रिनुको कुनै बिकप्ल छैन भन्दै संघर्षमा उत्रिन सबैलाई आह्वान गरेको छ । बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :
