काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका बिबिध समस्याहरुलाई लिएर बिगत लामो समयदेखि संयुक्त आन्दोलन अगाडि बढाइरहेका पाँच वाम शक्तिहरुले आज २०७९ भदौ १६ गते बिहीबार संसद भवन अगाडि नयाँ बानेश्वर काठमाडौंमा बिरोध प्रदर्शन र सभा सम्पन्न गरेका छन्।
बिरोध सभालाई सम्बोधन गर्दै पाँच घटकका नेताहरुले राष्ट्रघाती नागरिकता बिधेयक खारेजिको लागि आन्दोलनमा उत्रिन जनतालाइ आवहान गरे । राष्ट्रघाती नागरिकता बिधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर आएमा त्यसले देसको अस्थित्वमै गम्भीर असर पुर्याउने भन्दै उनीहरुले उक्त राष्ट्रघाती बिधेयकलाई प्रमाणीकरण नगरी नेपाली जनताको वास्तविक अभिभावक बन्न राष्ट्रपतिलाई अपिल समेत गरे ।

बिरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्ने नेताहरुमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदी, नेकपा(क्रान्तिकारी माओबादी)का पोलिट ब्यूरो सदस्यद चन्द्रहरी सुवेदी , नेपाल कम्युनिस्ट पार्टी मसाल राष्ट्रिय महाधिवेशन आयोजक समितिका प्रतिनिधि तथा राजमो काठमाण्डौ समन्वय समितिका अध्यक्ष बलिभद्र शर्मा, नागरिक स्तरबाट गठित नागरिकता अध्ययन अभियान नेपालका संयोजक साध्य बहादुर भण्डारी, संयुक्त क्रान्तिकारी मोर्चा नेपालका प्रतिनिधि सुरेन्द्र ढकाल रहेका थिए । बिरोध सभाको संचालन नेकपा ( बहुमत ) का नेता कृष्ण धमलाले गरेका थिए । बिरोध प्रदर्शनका क्रममा केहिबेर प्रहरी र आन्दोलनकारी बिच धकेलाधकेल चलेको थियो । प्रहरीको अवरोधलाई छिचोल्दै आन्दोलनकारीले बिरोध प्रदर्शन र सभा सफल पारेका थिए ।

पाँच दलले देशका बिभिन्न शहरहरुमा यो भाद्र मिहिनाभरी कार्यक्रम राखेका छन् । जस अनुसार इटहरीमामा भाद्र १८ गते, जनकपुरमा भाद्र २२ गते, बीचरगञ्जमा भाद्र २५ गते लुम्बिनीमा भाद्र २८ गते र नेपालगञ्जमा भाद्र ३१ गते गोष्ठी या बिरोध सभाको आयोजना गरिने भएको छ ।

