शनिबार, आश्विन १७ गते २०८३

नरेन्द्र तण्डुकार परिवारमा पितृशाेक, नेपाल कम्युनिष्ट पार्टीद्वारा श्रध्दाञ्जली तथा समबेदना ब्यक्त

भाद्र १४, २०७९ मंगलबार
नरेन्द्र तण्डुकार परिवारमा पितृशाेक, नेपाल कम्युनिष्ट पार्टीद्वारा श्रध्दाञ्जली तथा समबेदना ब्यक्त

देहाबसान हुनु भएका कमरेड नरेन्द्र तण्डुकारका ९२ बर्षीय पिता श्रीसेते तण्डुकाप्रति श्रद्धा सुमन ब्यक्त गर्न र शोकाकुल तण्डुकार परिवार, तिनका आफन्त र मित्रहरुमा समवेदना प्रकट गर्न आज २०७९  भाद्र १४ गते दिउसो अपरान्ह नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क. लोकनारायण सुबेदी,  सचिव महेन्द्र जोशी, कोषाध्यक्ष, सीता सुबेदी, केन्द्रिय सदस्य द्वय प्रबीण जोशी र देबीप्रसाद आचार्य तथा केन्द्रिय अनुसशासन समितिका सदस्य नरेश अमात्य एबं शुभ चिन्तक कल्पना घिमिरे पुतली सडक न्यू-प्लाजा तण्डुकार निवासमा पुग्नु भएको थियो । त्यस अबसरमा उहाहरुले क. नरेन्द्र तण्डुकार र उहाँका दाजु चुडामाणि तण्डुकारसँग भेटेर समवेदना प्रकट गर्नु भएको थियो ।

Tandukar2.jpg
त्यसरी नै हिजो भाद्र १३ गते अपरान्ह पिता तण्डुकारको मृत्यु भएको खबर पाउनासाथ नेकपाका अध्यक्ष लाेकनारायणा सुबेदी, कोषाध्यक्ष सीता सुबेदी, केन्द्रिय सदस्य द्वय हरिबोल खत्री र सुशील ढुंगाना तण्डुकार मसान दीप घाट टेकुमा पुगेर केही घण्टा अन्तिम संस्कार कार्यक्रममा सरिक हुनु भएको थियो ।