शनिबार, आश्विन १७ गते २०८३

नागरिकता समस्याप्रति राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना पनि चिन्तित

भाद्र ११, २०७९ शनिबार
नागरिकता समस्याप्रति राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना पनि चिन्तित

काठमाण्डौ । एमसीसी, एसपीपी, नागरिकता, भ्रष्टाचार, मँहगी, मलको अभाव लगायतका महत्वपूर्ण बिषयलाई लिएर  आन्दोलनरत पाँच बामपन्थि दलको एक प्रतिनिधिमण्डलले आज अपरान्ह राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालाई भेटेर बिशेषगरी नागरिकता समस्याका बारेमा ब्यापक छलफल गर्यो । यस बिषयमा अध्यक्ष तिमल्सिना पनि गम्भी र चिन्तित देखिनु हुन्थ्यो । छलफलमा नागरिकता जस्तो गम्भीर र संबेदनशील राष्ट्रिय महत्वको बिषयलाई हचुवाका भरमा लिएर देश र जनतासँग खेलबाड गर्नु नहुने कुरा प्रतिनिधि मण्डलले  प्रष्टसँग राख्यो । नेपालीले नागरिकता नपाउने बिदेशीले नागरिकता पाउने जस्तो बाटो खोल्नु कदाचित सही हुँदैन, राष्ट्रिय हितको कुरा बिल्कुलै हुँदैन भन्ने कुरा पनि प्रष्ट पार्यो ।
यस बिषयलाई गम्भीरतापूर्बक लिएर आफुले सहमति जुटाउन र सही निकास निकाल्न अधिकतम् प्रयत्न गर्ने राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले प्रतिनिधि मण्डलसँग प्रष्ट राख्नु भयो । उहाँले यस्तो महत्वको बिषयमा दोहोरो भूमिका कसैले पनि खेल्नु उचित नहुने कुरा पनि प्रष्ट बताउनु भएको थियो ।
प्रतिनिधि मण्डलमा नेकपा(क्रान्तिकारी माओवादी)का नेताद्वय परि थापा र चन्द्रहरि सुबेदी,  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदी र केन्द्रिय सचिब डा. महेन्द्र जोशी, नेकपा मसाल बिशेष महाधिवेशन राष्ट्रिय समितिका संयोजक सन्तबहादुर नेपाली,  नेकपा(बहमत)का नेता कृष्ण धमला, तथा संयुक्त क्रान्तिकारी मोर्चाका प्रतिनिधि राजन तिमल्सिना सम्मिलित हुनुहुन्थ्यो ।