शनिबार, आश्विन १७ गते २०८३

तीज प्रशिक्षण कार्यक्रममा अनेमयूद्वारा मृगौला पीडित महिला क. कलावतीलाई रु ४००० भन्दा बढी सहयोग प्रदान 

भाद्र ११, २०७९ शनिबार
तीज प्रशिक्षण कार्यक्रममा अनेमयूद्वारा मृगौला पीडित महिला क. कलावतीलाई रु ४००० भन्दा बढी सहयोग प्रदान 


काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला यूनियनले मृगौला पीडित  कमरेड कलावती राईलाई आज तीज  कार्यक्रमकै बीच सहभागीहरुबाट  सहयोग उठाएर रु–४००० प्रदान गरेकाे थियो । त्यो सहयोग रकम नेपाल कम्युनिष्ट  पार्टी अध्यक्ष लोकनारायण सुबेदीले उपचाररत क. कलाबतीलाई हस्तान्तरण गर्नु भएको थियो । 

prasixyan.jpg
तीजको सन्दर्भमा आयोजित प्रशिक्षण कार्यक्रममलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले महिलाहरुलाई राजनीतिक,आर्थिक, सामाजिक र साँस्कृतिक प्रत्येक क्षेत्रका शोषणबाट मुक्त गर्न सकेमा मात्र आजको सन्दर्भमा यो पर्ब मनाएको सही, सामयिक र सार्थक हुने कुरामाथि प्रकाश पार्नु भएको थियो । उहाँले हाम्रा जुनसुकै जन समुदायका चाड पर्बहरुमा पनि कृषि खाद्य बस्तुहरुकै ब्यापक प्रभाव देखिएबाट यस्ता पर्बहरु कृषि युगमा आरम्भ भएको अनुमान गर्न सकिन्छ र तिनका सकारात्मक र नकरात्मक पक्षलाई केलाएर अघि बढ्न सिक्नु र सक्नु पर्दछ भन्ने कुरा औंल्याउनु भयो । उहाँले आजको परिप्रेक्षमा हिजोका सासु-बुहारीका कुरा आज जनता र सत्ताका अन्तरबिरोधकोरुपमा देखिएको पनि औंल्याउनु भएको थियो ।

tij.jpg
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सचिव डा. महेन्द्र जोशीले चाडपर्बहरुलाई बुझ्ने र तिनका राम्रा कुराहरुलाई अघि बढाउने तथा सन्दर्भहीन कुराहरुलाई त्याग्ने दिशा लिदै सामाजिक रुपान्तरणको दिशामा अघि बढ्नु पर्दछ भन्नु भएको थियो । 

बिद्यार्थी नेता अनेबियूका अध्यक्ष सन्देश भटराईले तीजको शुभ कामना दिदै यस्ता चाडपर्बहरुलाई आजको परिप्रेक्षमा बुझोर बद्लिदो समयसँग तालमेल मिलाउदै अघि बढ्न सकेमा त्यसको सार्थकता हुने कुरा औंल्याउनु भएको थियो ।

Tij2Meter-a.jpg

तीज कार्यक्रमको आरम्भ गर्दै अखिल नेपाल महिला यूनियनका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय कोषाध्यक्ष सीता सुबेदीले तीज लगायतका चाडबाडबाट असल कुरा सिकेर अघि बढाउने र अन्धबिश्वासयुक्त कुरा हटाउने दिशामा सही किसिमले लाग्न सिके र सकेमा तीज मनाएको सार्थकता हुने भन्दै तीज कार्यक्रमकाे यितबेला चर्चा गरिरँहदा महिला मुक्तिको सही बाटो देखाउने नेपाली शोषित पीडित जनताका प्रिय नेता कमरेड पुष्पलाललाई बिर्सन नहुने भन्दै उहाँप्रति सादर उच्च सम्मान ब्यक्त गर्नु भएको थियो ।