काठमाण्डौ । किसानलाई उठिबास गराइ घरबारबिहीन बनाउने मिटर ब्याजे साहुहरुको निर्मम र चर्को शोषण बिरुद्ध संघर्षरत रहेका किसानहरुको संघर्षप्रति हिजो एक लिखित ऐक्यबद्धता जनाउँदै माइतीघर मण्डलामा ६ वटा बाम किसान संगठनका नेताहरुले धर्नामा रहेका किसानहरुको संघर्षमा सहभागी भएका छन् ।

संयुक्त किसान संघर्ष समितिको तर्फबाट उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान यूनियनका इञ्चार्ज लोकनारायण सुबदीले जीवनदायिनी शक्ति किसन चौतर्फीरुपमा शोषण र अन्याय परेको र राज्यले किसान हकहित र अधिकारको संरक्षण नगरेको तथा केवल भोटर मात्र बनाउने गरेको यथार्थ उल्लेख गर्दै अब किसान आफुमाथिको अन्यायका बिरुद्ध राष्ट्रब्यापीरुपमा संघर्षमा उत्रिनु पर्ने राष्ट्रिय आवश्यकता बनेको र ६ वटा बामा किसान संगठनहरु यसा दिशामा संयुक्तरुपमा अघि बढ्ने तयारी गरिरहेको बताए । उनले यस सन्दर्भमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइसकेको छ र त्यसमा यो मिटरब्याजे शोषण लगायत किसानका तमाम समस्यासहीतको ५९ बूँदे मागपत्र प्रस्तुत गरिसकेको उल्लेख गर्दै ततकाल मिटर ब्याजे शोषण र ऋणबाट किसानलाई मुक्त गर्न र उनीहरुको मिटरब्याजे साहुहरुले कब्जा गरेको जमिन फिर्ता गर्न र किसानलाई ऋण मुक्त गर्न तथा नक्कली तमसुक बनाएर किसानको जगा कब्जा गर्ने साहुहरुलाई कडाभन्दा कडा कारबाही गर्न र सामन्ती शोषणको यो चरम परिपाटीलाई समूल नष्ट गर्न जोडदार माग गर्नु भयो । उहाँले मिटरब्याज पीडित भएर काठमाण्डौ माइतिघर मण्डलामा धर्नामा बसेका किसानहरुको सुरक्षित बसोबास र खनाको ब्यवस्था सरकारले गर्नु पर्ने पनि जोडदार माग गर्दै संघर्षरत किसानहरुका माग तत्काल पूरा गरिनु पर्ने कुरामा विशेष जोड दिनु भयो ।

कार्यक्रममा ऐक्यबद्धता पत्रमा दस्तखत गर्दै सरिक हुनु भएका किसन नेताहरुमा अखिल नेपाल किसान महासंघ(माओबादी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसन महासंघका अध्यक्ष बलराम बास्कोटा, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान यूनियनका इञ्चार्ज लोकनारायण सुबेदी र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसी लगायत किसान नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सयुक्त ऐक्यबद्धता पत्र यस प्रकार रहेको छ :
